१४ बर्षीय कामना बनिन् सामाजीक विकास मन्त्री

बालबालिकाको अधिकार प्रबर्धन, बालिका र किशोरीको समानता र सशक्तिकरणका लागि क्रियासिल
संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर गर्ल्स टेक ओभर’ अर्थात ।बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ ।

यो किशोरी सशक्तिकरणको एक नियमित अभियान र पहल हो । नेपालमा बालिका र किशोरी केन्द्रित विभिन्ननागरिक समाजहरूसँगको हातेमालोमा विगत झैं यस वर्ष पनि संघीय देखी स्थानीय स्तरमा गल्र्स टेकओभर अभियानलाई निरन्तरता दिइएको छ । जुम्ला, कालिकोट, सुर्खेत, धनुषा,सिन्धुली, बर्दिया जिल्लामा अक्टुबर र नोभेम्बर महिनामा यस अभियान अन्तर्गत ब्रिटिश राजदुतावास,नोर्वेजियन राजदुतावास, राष्ट्रिय युवा परिषद, फिनल्याण्ड राजदुतावास, यूरोपियन युनियन, जर्मनराजदुतावास, संयुक्त राष्ट्र संघ विकास कार्यक्रम, जर्मन राजदुतावास, गाउपालिका अध्यक्ष, र नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकार,प्रमुख प्रशासकिय अधिकृत लगायतकोभूमिकामा किशोरीहरूले नेतृत्व लिएका छन्।“गल्र्स टेकओभर अभियान बालिका र किशोरीहरुको समानताका लागी एक उत्कृष्ट अवसर हो ।जसले बालिका तथा किशोरीहरूलाई निर्णायक भूमिकामा राखि उनीहरूको विचार तथा जीवनमा भोगेका चुनौतिका बारेमा जानकारी लिन संघ संस्था र निकाय हरूलाई अवसर प्रदान गर्दछ ।

साथसाथै किशोरीहरुलाई पनि निर्णयकर्ता, नेतृत्वमा रहेका व्यक्ति बन्नको लागि मार्गदर्शन प्रदान गर्छ । यसलेबालिका तथा किशोरीहरूका साझा सवालमा निर्णायककर्ता र नेतृत्व तहमा रहेका व्यक्तिहरुको
दृष्टिकोण बालबालिका र किशोरी केन्द्रित हुन सहयोग गर्दछ,” भन्नुहुन्छ राम किशन, राष्ट्रिय निर्देशक,प्लान इन्टरनेशनल नेपाल ।गल्र्स टेक ओभरमा देशभरका ५ जिल्लाका ३० जना किशोरीहरूले विभिन्न संघसंस्था र निकायहरूमा विभिन्न पदकोअर्थपूर्ण र प्रभावकारी तरिकाले नेतृत्व लिने योजना रहेको छ । पदभार ग्रहण कार्यक्रम २८ अक्टोबर देखि सुरु भएको हो । जिल्ला, प्रदेश, संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीबाट पदीय जिमेवारीमा रहि किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित
कार्यक्रम अर्थपूर्ण र प्रभावकारी तरिकालेर किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल गरिन्छ ।यसै सन्दर्भमा, लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको पहिलो दिनः अन्तरास्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा कालिकोटकी १४ वर्षीय कामनाले कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयका माननीय मन्त्रीे घनश्याम भण्डारीुको भूमिका निर्वाह गरेकी हुन । उक्त अवसरमा किशोरी मन्त्रीले बालबालिका र किशोरीहरु माथि हुने सबैखालको हिंसाको अन्त्य हुनुपर्नेमा माग गरेकी छन ्। मन्त्रि
बने पछी उनले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको काम र योजना बारे जानकारी लिएकी थिईन्। शिक्षा, स्वास्थ्य र सामाजीक विकास महाशाखाका प्रमुखहरुले मन्त्रालयको भए गरेकाकामहरु र आगामी योजना बारे जानकारी दिनु भएको थियो । कामनाले कर्णालीको बालबालिका र किशोरीहरुको स्वाश्थ, शिक्षा र सशक्तिकरण का लागी थप सुधार र विकासको माग राखेकी थिईन्।
कार्यक्रम बारे बोल्दै कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रि भण्डारी ले सबै किशोरकिशोरी र युवाहरु नेपालको भविस्य हुन् । त्यसैले यो कार्यक्रमले तिनै किशोरकिशोरी र युवाहरुकोसशक्तिकरण संगै, भविस्य र सम्भावना पनी नेपालमै खोज्नको लागी सकारात्मक संदेश
जाने कुरा बताउनु भयो । लैंगिक हिंसा बिरुद्धको दिवसको सुभारम्भाको दिनमा कालीकोट की एक किशोरी मन्त्रि पदमा बसेर कर्णालीको बाबालिकाको समस्या र माग हरु माथी थप ध्यानाकर्षण गराएकोमा मन्त्री भण्डारीले धन्यवाद समेत दिनु भएको थियो । साथै यस्तो खालको अभ्यासले कामना र उनी जस्तै किशोरीहरुले भविस्यमा आफ्नो ुनेतृत्व तहको भुमीकामा जान थप उर्जा दिनेछ भन्दै किशोरी मन्त्रि कामनालाइ माननीय मन्त्रि भण्डारीले शुभकामना दिनु भएको थियो ।

सामाजिक विकास मन्त्रालयका सचिवले आफ्नो सफल जिवन यात्रा बारे अनुभव बाँड्दै किशोरी
मन्त्रि लाइ बधाई दिनुभयो । यस्तो खालको अभीयान कर्णालीका बालिका र किशोरीहरुको लागि सुखद
कुरा रहेको विचर व्यक्त गर्नु भएको थिायो । अभियानलेआत्मविश्वास बढाउने र सशक्तिकरण संगै लैंगिक समानता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।उक्त कार्यक्रमलेआफ्नो नेतृत्व विकासमा ठुलो भूमिका खेलेको बताउदै कामना भन्छिन्, “ म मन्त्रि हुदै गर्दा मलाई छुट्टै खुसि महसुस भैरहेको छ । मन्त्रि बनिरहादाका पल मेरा लागि विशेष छन्। यसले मलाई आफ्नो भविस्यमा के बन्ने भन्ने योजनामा मार्गदर्शन भएको छ र मेरो नेतृत्व सिप विकासमा सहयोग पुगेको छ । मैले यो अवसर पाएर गर्व महसुस गरेकी छु । गर्ल्स टेक ओभर जस्ता प्रतीकात्मक अभियानहरूले बालिका र किशोरीहरूको नेतृत्व क्षमता र सहभागितामा जोड दिन्छ । यी अभियानहरूले उनीहरूको सशक्तिकरणलाई प्रोत्साहित गर्दछन् र समाजमा उनीहरूको सकारात्मक योगदानका लागि अवसर सिर्जना गर्छन्। यसको उद्देश्य किशोरी र बालिकालाई नेतृत्व भूमिकामा राखेर, उनीहरूको भविष्यका लागि थप अवसरहरू सिर्जना गर्नु हो, जसले समान अवसरहरूको लागि स्थान प्रदान गर्दछ र समग्र समाजको सुधारमा योगदान पुर्याउने भएकाले हरेक बर्ष गल्र्स टेकओभर कार्यक्रमको आयोजना गरीरहेको प्लान इन्टरनेशनल नेपाल, पश्चिम क्षेत्रिय कार्यलयका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले बताउनु भयो ।

गल्र्स टेक ओभर बालिका र किशोरी अधिकारका लागि क्रियाशिल संस्थाहरू, प्लान इन्टरनेशनल
नेपाल, युवा, युवालय, क्याड नेपाल– जुम्ला, पेस नेपाल– जुम्ला , किडार्क कालिकोट, हुरेन्डेक
कालिकोट, सादा नेपाल कालिकोट, स्याक नेपाल सुर्खेत, बी–गु्रप बर्दिया, आर के जे एस बर्दिया, बाँके
यूनेस्को क्लब, जनजाती समाज विकास समिति सिन्धुली, जे डब्लु ए एस नेपाल, सी एफ डब्लु ए,
एफ डि आर सी र सपोर्ट नेपाल लगायतका संस्थाहरूको साझा अभियान हो । प्लान इन्टरनेशनल नेपाल बालबालिकाको अधिकार प्रबर्धन, बालिका र किशोरीको समानता र
सशक्तिकरणक लागि क्रियाशील विकास र मानवीय सहायतासम्बन्धी एक अन्तरास्ट्रिय गैर सरकारी
संस्था हो । बालबालिकाको शक्ति र सामथ्र्यमा विश्वास गर्दै यस संस्थाले किशोरी र बालिका केन्द्रित
भई ८० वर्ष देखि संसार भर कार्यक्रम संचालन गर्दै आएको छ । त्यसै गरि नेपालमा बिगत ४५ वर्ष
देखि बाल बालिका र किशोरी का लागि आवाज उठाउदै आएको छ । प्लान इन्टरनेशनल नेपाल, पश्चिम क्षेत्रिय कार्यलयका क्षेत्रीय प्रबन्धक पराजुलीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया