विद्यालय खानेपानी सरसफाई तथा महिनावारी स्वास्थ्य स्वच्छता सम्बन्धि विद्यालय स्तरीय मेला रास्कोटमा सम्पन्न

कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा विद्यालय खानेपानी तथा महिनावारी स्वास्थ्य स्वच्छता सम्बन्धि पालिका स्तरी मेला सम्पन्न भएको छ । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र हुरेन्डेक नेपाल कालीकोटको साझेदारीमा संचालित रास्कोट महिनावारी स्वास्थ्य स्वच्छता तथा खानेपानी सरसफाई सुधार परियोजना अन्र्तगत मेला सम्पन्न भएको हो । शिक्षा शाखा प्रमुख खेमराज शाहीको अध्यक्षतामा संचालन भएको मेलामा नगर प्रमुख धर्मराज शाहीको प्रमुख आतिथ्यता रहेको थियो । नगर उपप्रमुख वडा अध्यक्ष तथा प्लान ईन्टरनेश्नल नेपालका कार्यक्रम संयोजक दिक्षा भाटको बिशेष आतिथ्यता रहेको थियो । अन्र्तरक्षेत्रिय सहकार्य मार्फत विद्यालय र स्वास्थ्य संस्थाहरुमा सुरक्षित खानेपानीको सुधार ल्याउन,सरसफाईको सामाजिक अभियान तथा पुर्ण सरसफाईको अभियानलाई बृहत बनाउन,सरसफाईको अभ्यासलाई प्रर्वधन गर्न तथा सरसफाईको बजार निर्माण निजि क्षेत्रलाई सम्म्मलित गर्न,आम संचार तथा सामाजिक संञलको प्रयोग गरी महिनावारी सहित समग्र सरसफाईको अभ्यास उत्तम तरीकाहरु बारे जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरीएको परियोजना अधिकृत सुर्य बहादुर रोकायाले जानकारी दिनु भयो । खानेपानी तथा सरसफाई सम्बन्धि नयाँ कानुन निमार्ण गर्न सरसफाईका सुबिधाहरुको पहँचमा लैगिक समानता र सामाजिक कुप्रथाका रुपमा रहेको महिनावारी समाबेसिता प्रर्वधन गर्ने नितिमा परिमार्जन गर्न नेपाल सरकारलाई सहयोग गर्ने जस्ता महत्वपुर्ण कामहरुको थालनी गरेकोमा हुरेन्डेक नेपाल कालीकोटलाई नगर प्रमुख शाहीले धन्यबाद समेत दिनु भएको थियो । मेलामा रास्कोट स्थीत सम्पुर्ण बिद्यालयहरुले चेतनामुलक सास्ृकतिक प्रस्तुति समेत प्रस्तुत गरीएको परियोजनाका फिल्ड सुपरभाईजर अमना कुमारी संज्याले बताउनु भयो ।

तपाईको प्रतिक्रिया