रास्कोट नगरपालिकाका ३ जना बालिकाहरुले शैक्षिक समाग्रीहरु हस्तान्तरण गरीएको छ । बिपन्न जेहन्दार तथा आर्थिक हिसावले पछाडी परेका समुदायका बालिकाहरुलाई शैक्षिक समाग्री सहयोग गरीएको हो ।
प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग हुरेन्डेक नेपाल कालीकोटको साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्र्तगत रास्कोट नगरपालिका वडा नम्बर १ का अम्बीका शाही, ७ का चमेली बिक ९ का बिनिता बोगटीलाई प्रतिब्यक्ति ४० वटा कपि,१ वटा झोला १ वटा क्याल्कुलेटर प्लान ईन्टरनेश्नल नेपालका कार्यक्रम संयोजक दिक्षा भाटले हस्तान्तरण गर्नु भएको हो । यस अघि रास्कोट नगपालिकाका ३ जना बालिकाहरुलाई शैक्षिक समाग्रीहरु बितरण गरीसकेको हुरेन्डेक नेपाल कालीकोटका लेखा संयोजक प्रेम बहादुर शाहीले जानकारी दिनु भयो । शैक्षिक समाग्रीहरु नभएकै कारणले पढाई छोड्न पर्ने,शिक्षण सिकाईमा कमजोर भएका बालिकाहरुलाई पढाईको मुलधारमा ल्याउने उदेश्यले बितरण गरीएको हो ।
बिपन्न तथा जेहन्दार बालिका लाई शैक्षिक समाग्री हस्तान्तरण
तपाईको प्रतिक्रिया

साझा रैबार । ७ मंसिर २०८१, शुक्रबार १९:०२