१५ बर्षिय रोजना बनिन रास्कोट नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत

रास्कोट नगरपालिकामा  गल्स टेकओभर कार्यक्रम सम्पन्न भएको छ । रास्कोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जवानसिह बमको अध्यक्षताका कार्यक्रम संचालन भएको थियो । रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीको प्रमुख आतिथ्थता, वडाका अध्यक्षहरु,  बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु,प्लान ईन्टरनेश्नल नेपालका प्रतिनिधि, तथा संघ संस्थाहरुका प्रतिनिधीहरुको उपस्थीतिमा गल्स टेक ओभर सम्पन्न भएको हो ।
बडिमालिका माध्यमिक विद्यालय रास्कोटमा कक्षा ९ मा अध्ययानरत १५ बर्षिय रोजना सार्की एक दिनका लागि प्रमुख प्रसाकिय अधिकृतको जिम्वेबारी बहन गरेकी हुन । उनि प्रमुख प्रशासकिय अधिकृतको जिम्वेबारी लिए लगतै सबै शाखाका कर्मचारीहरु संग शाखामा संचालित क्रियाकलापहरुको गतिबधि मागेकी थिईन । रास्कोट नगरपालिका लाई सम्पन्न नगर बनाउनका लागि कर्मचारीहरुको महत्व पुर्ण भुमिका रहेन भएकाले  कर्मचारीहरलाई सेवा ग्राहीको काममा ढिलासुस्ती नगर्न र आफ्नो कार्यमा कर्तव्य निष्ठ हुन आग्रह गरीन । बालबालिकाका क्षेत्रमा रकम बिनियोजित हुने र कार्यन्वयनको सिलसिलामा रकम बालबालिका केन्द्रित नहुने गरेकाले आफु बहाल हुदा सम्म सो रकम बालबालिकाकै नाममा लगानि गर्ने उनले बताईन । कर्मचारीहरुलाई निर्देशन दिदै उनले समयमै कार्यलयमा उपस्थिति हुनु पर्ने,कार्यलय समयमा अनिबार्य आईडि कार्ड लगाउनु पर्ने,सरकारी समानहरुको दुरुपयोग गर्ने नपाईने,आफ्ना घरपरिवारलाई सरकारी समान प्रयोग गर्न नपाईने, सचालित योजनाहरुको समय समयमा अनुगमन गर्नु पर्ने,सेवा ग्राहीका काम समयमानै सम्पन्न गरीदिन पर्ने बताईकी हुन । गल्स टेकओभर कार्यक्रममा रास्कोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बमले खादा र अबिर लगाएर स्वागत समेत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले गल्स टेकओर मात्र नभई सबै कर्मचारीहरुलाई सचेत बनाउने कार्यक्रम भएकाले सबै कर्मचारीहरुले नगरपालिकामा सोही अनुसारको ब्यबहार तथा काम गर्न आग्रह समेत गर्नु भएको थियो । बालिकाहरुलाई सशक्त बनाउनका लागि,बालिकालाई आफ्नो अधिकार प्राप्त गर्न,खुलेर सबै सामु बोल्न र स्थानिय सरकारलाई बालबालिका क्षेत्रमा लगानि बढाउनमा ध्यान केन्द्रित होस भन्ने हेतुले हरेक बर्ष यस्ता कार्यक्रमहरु संचालन गरीरहेको प्लान ईन्टरनेश्न नेपालका कार्यक्रम संयोजक दिक्षा भाटले बताउनु भयो । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग रहुरेन्डेक नेपाल कालिकोट र सादा नेपाल कालीकोटको साझेदारीमा संचालित बाल बिबाह,छिटो बिबाह र जर्वजस्ती बिबाह न्यूनिकरण परियोजनाको परियोजना हस्तान्तरण बैठक समेत सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया