कालीकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर ६ मा पर्ने कर्णली करिडोर अन्र्तगत घाटा चौरमा नेपाली सेनाको ठेक्कामा काम गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
पचालभरना गाउँपालिका वडा नम्वर ७ का वडा सदस्य तथा पचालझरना गाउँपालिका न्याय पालिका सदस्य नर्ज बाहोराको काम गर्न क्रममा माथीबाट आएको ढुगा लागेर मृत्यु भएको हो । बोहोरा २०७९ सालमा सम्पन्न स्थानिय चुनावबाट वडा सदस्यमा बिजयी भएका थिए । मंगलबार काम गर्ने क्रमा ढुगा खस्दा मृत्यु भएको बताइएको छ । मृतककाे सव पोष्टमार्टनका लागि पलाता अस्पतालमा राखिएको छ । यस अघि पनि सोही वडाका एक यूवाको काम गर्ने क्रममा मृत्यु भएको थियो । दाससंस्कार प्रश्चात बोहोराको सम्झनाका एक दिनका लागि पचालझरना गाउँपालिकाले बोहोराको सम्झनाका शोक बिदा दिने तयारी भईरहेको पचालझरना गाउँपालिका उपाध्यक्ष बबिता बमले जानकारी दिनुभएको छ ।
वडा सदस्य बाेहाेराकाे ढुङ्गा लागेर मृत्यु
तपाईको प्रतिक्रिया

साझा रैबार । ४ मंसिर २०८१, मंगलवार १५:१२