नरहरिनाथ गाउँ पालिका को वडानं ३ लाई एक कार्यक्रमका बिच बालबिवाह निषेधित वडा घोषणा कार्यक्रम सम्पन्न भएको हाे । कर्णाली प्रदेश सभा सदस्य तथा नेपालि काँग्रेसका सचेतक माननीय हिक्मत बहादुर बिष्ट को प्रमुख आतिथ्यता गाउँपालिका अध्यक्ष नगेन्द्र वहादुर बिस्ट को बिशेष आतिथ्यता र वडा अध्यक्ष कटक बहादुर बुढा को अध्यक्षतामा कार्यक्रम संचालन गरिएकाे हाे । नरहरिनाथ गाउपालिकामा क्रियासिल संघ सस्था हुरेेन्डेक नेपाल कालिकाेट, किर्डाक नेपाल, सादा नेपाल, साहास नेपाल आईएनएफ नेपालकाे सहयाेग तथा समन्वयमा र नरहरिनाथ गाउपालिका ३ काे आयाेजनामा कार्यक्रम संचालन गरीएकाे थियाे । पालिकाका २ वटा वडालाई बालबिबाह निशेधित वडा घाेषणा गर्ने सफल भएका छाै, यसमा मुख्य गरि गाउपालिकामा क्रियासिल संघस्थाहरुले बाल बिबाह न्युनिकरणका विभिन्न कार्यक्रम संचालन गरेकाले सम्भव भएकाे र थप वडाहरुलाई निशेधित वडा घाेषणा गर्नका लागि पनि सस्थाहरुकाे महत्वपुर्ण याेगदान रहने बताउनु भयाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि माननीय बिष्टले भन्नू भयाे । प्रदेश सरकारबाट जति सक्दाे बालबालिकामा लगानि बढाउने बताउनु भयाे । कार्यक्रममा सहभागी अतिथि तथा सहभागिहरुले सयुक्त हस्ताक्षर गरि अब देखि बाल बिबाह गर्दैनाै र गराउदैनाै भनेर प्रतिबद्दता सहित हस्ताक्षर गरेका थिए । विभिन्न टाेल र वडाहरुबाट बालबिबाह बिरुद्दका देउडा तथा सडक नाटक समेत प्रस्तुत गरिएकाे हुरेन्डेक नेपालका सामाजिक परिचालक अकल राेका मगरले जानकारी दिनु भयाे ।
नरहरिनाथ गाउपालिका ३ लाई बालविवाह निशेधित वडा घाेषणा
तपाईको प्रतिक्रिया
साझा रैबार । २७ कार्तिक २०८१, मंगलवार १७:३१