रास्कोट नगरपालिका वडा नम्वर २ का ३० जना बालबालिका लाई शैक्षिक समाग्री हस्तान्तरण

प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र हुरेन्डेक नेपाल कलीकोटको साझेदाररीमा संचालित सशक्त बालिका परियोजना अन्र्तगत रास्कोट नगरपालिका वडा नम्वबर २ का तिस जना बिधार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरीएको छ ।  रास्कोट नगरपालिका स्थीति मोतिराम माध्यमिक विद्यालय र जनप्रकाश आधारभुत विधालयका कमजोर सिकाई क्षमता भएका बिधाथीहरुलाई पढाईकुनाको लागि सिकाई चार्डहरु,पेनसिल,सिसाकलम,बर्णमाला,ब्रोन पेपेर,कलर मेजिक बोर्ड पेन्सिलहरु बितरण गरीएको हो ।

दलित तथा गरीव घरपरिवारका  १ देखी ५ कक्षामा अध्ययनरत विधार्थीहरुलाई पढाईलाई थप सहयोग हुनुका साथै  सिकाईलाई प्रभावकारी र घरमा पढ्ने वाताबरण सृजना होस भन्ने  उदेश्यले सामग्री हस्तान्तरण गरीएको हो । यस अघि पनि रास्कोट नगरपालिकाको वडा नम्बर ६ र ७ को पन्च आधारभुत विद्यालय र कालासिल्ला माध्यमिक विद्यालयका ५० जना विधार्थीहरुलाई पढाईकुनाका लागि शैक्षिक समाग्री हस्तान्तरण गरीसकेको हुरेन्डेक नेपाल कालीकोटकका लेखा तथा प्रशासन संयोजक प्रेम बहादुर शाहीले जानकारी दिनु भएको हो । शाहीका अनुसार परियोजना अवधि भर रास्कोट नगरपालिकाका सबै वडाका कमजोर सिकाई भएका बिधार्थीहलाई पढाईका लागि शैक्षिक समाग्री र उनिहरुका घरमा पढाई कुना निमार्ण गरीने समेत बताउनु भएको हो ।

तपाईको प्रतिक्रिया