स्वतन्त्र बिधार्थी युनियनले आयाेजना गरेकाे भलिवल प्रतियाेगिता ताडिमा सुरु

रास्टका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने भनाईलाई आत्म साथ गर्दै तिला कर्णाली बहुमुखि क्याम्पस ताडि कालिकाेटमा क्याम्पस तथा पालिका स्तरिय खुल्ला भलिबल प्रतियाेगिता उद्घाटन गरिएकाेछ ।
स्वतन्त्र बिधार्थी युनियनकाे आयाेजनामा संचालन गरिएकाे भलिवल प्रतियाेगितामा स्वतन्त्र बिधार्थी युनियनका अध्यक्ष   हिक्मत सिहकाे सभाध्यक्षा रहेकाे थियाे ।जिल्ला समन्वय समितिका प्रमुख धनजित बहादुर शाहीकाे प्रमुख आतिथ्थतामा संचालन भएकाे प्रतियाेगितामा बिभिन्न पालिका तथा क्याम्पसका १० वटा भलिवल टिमकाे सहभागिता  रहेकाे छ । पहिलाे चरणकाे खेलमा पचालझरनाले राेयल स्टार क्लवलाइ २-१ काे सेट र आयाेजकलाई २-० ले हराउदै  साहसिक युवा क्लब सेमि फाईनलमा प्रबेश गरेका छन,भने राेयल स्टार क्लब र  साहसिक युवा क्लव खेल बाट बाहिरियका छन ।  स्थानिय सरकारले खेलकुदमा रकम लगानि गरेपनि प्राप्त मात्रामा नभएकाे र आगामि दिनमा थप लगानिकाे वातावरण ल्याउन जरुरी रहेकाे प्रमुख अतिथि शाहीकाे भनाई रहेकाे थियाे । खेलकुद प्रतियाेगिता असार १६ गते सम्म संचालन हुने आयाेजकले बताएकाे छ ।

तपाईको प्रतिक्रिया