स्वतन्त्र बिधार्थी युनियन तिला कर्णालीले आयाेजना गरेकाे गरेकाे भलिबल प्रतियाेगिता सम्पन्न

रास्टका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने भनाईलाई आत्म साथ गर्दै तिला कर्णाली बहुमुखि क्याम्पस ताडि कालिकाेटमा क्याम्पस तथा पालिका स्तरिय खुल्ला भलिबल प्रतियाेगिता समापन गरिएकाेछ
स्वतन्त्र बिधार्थी युनियनकाे आयाेजनामा संचालन गरिएकाे भलिवल प्रतियाेगितामा स्वतन्त्र बिधार्थी युनियनका अध्यक्ष   हिक्मत सिहकाे सभाध्यक्षा रहेकाे थियाे ।जिल्ला समन्वय समितिका प्रमुख धनजित बहादुर शाहीकाे प्रमुख आतिथ्थतामा संचालन भएकाे प्रतियाेगितामा बिभिन्न पालिका तथा क्याम्पसका १० वटा भलिवल टिमकाे सहभागिता  रहेकाे छ । नन्दा देबि बहुमुखि क्याम्पस नरहरिनाथ लाई १-३ ले हराउदै साहसि युवा क्लबले प्रथम स्थान ल्याउन सफल भएकाे हाे, भने नन्दादेबि बहुमुखि क्याम्पस नरहरिनाथ गाउपालिका दितृय स्थान र खाडाचक्र नगरपालिका २ ले तृतिय स्थान प्राप्त गर्दै प्रतियाेगिता सम्पन्न भएकाे थियाे ।    स्थानिय सरकारले खेलकुदमा रकम लगानि गरेपनि प्राप्त मात्रामा नभएकाे र आगामि दिनमा थप लगानिकाे वातावरण ल्याउन जरुरी रहेकाे प्रमुख अतिथि शाहीकाे भनाई रहेकाे थियाे । क्याम्पसमा शैक्षिक तथा भाैतिक सुधार ससगै खेल क्षेत्रकाे बिकासका लागि विभिन्न खेलकुद कार्यक्रमहरुकाे हरेक बर्ष आयाेजना गरिने समेत स्ववियु अध्यक्ष सिहले बताउनु भयाे

तपाईको प्रतिक्रिया