निशुल्क सिम तथा झाेला बितरण कार्यक्रम सम्पन्न

पचालझरना गाउपालिका वडा नम्बर ९ काे आयाेजनामा
दूरसञ्चार प्रादेशिक कार्यालय सुर्खेत को आर्थिक सहयोगमा निशुल्क सिम वितरण कार्यक्रम सम्पन्न भएकाेछ । वडा बासिहरुलाई सहज तरिकाले सुचनाकाे पहुचमा पुर्याउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे वडा अध्यक्ष ललिजन बहादुर शाहीले जाजकारी दिनु भएकाे छ । सहिद आवासिय माध्यमिक बिधालय लडकाटियाका १०० जना गरिव तथा जेहन्दार बिधाथीहरुलाई झाेला समेत बितरण गरिएकाे छ । कार्यक्रमकाे अध्यक्षता वडा अध्यक्ष ललिजन बहादुर शाहीकाे रहेकाे थियाे । प्रमुख अतिथि गाउपालिका अध्यक्ष देवराज शाही , अतिथि शिक्षा शाखा प्रमुख नमराज शाही, नेपाल टेलिकमका प्रतिनिधि, बिधार्थि शिक्षक र स्थानियकाे उपस्थिति रहेकाे कार्यक्रमा १५० वटा सिमहरु बितरण गरिएकाे सहिद आवासिय माध्यमिक बिधालयका प्रधाना ध्यापक शंकर प्रसाद सज्यालले बताउनु भएकाे छ ।

तपाईको प्रतिक्रिया