हुरेन्डेकद्वारा रास्काेटमा संचालित परियाेजनाकाे सामाजिक लेखापरिक्षण सम्पन्न

प्लान ईन्टरनेशनल नेपालकाे आर्थिक सहयाेग हुरेन्डेक नेपाल कालिकाेटकाे सहजिकरणमा संचालित सशक्त बालिका परियाेजना, बाल बिबाह, छिटाे बिबाह र जवजस्ति बिबाह न्युनिकरण परियाेजना र रास्काेटमा खानेपानि तथा महिनावारी स्वच्छता परियाेजनाकाे सामाजिक लेखा परिक्षण कार्यक्रम संचालन गरिएकाे छ । मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकाेटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाकाे अध्यक्षतामा संचालन गरिएकाे थियाे । रास्काेट नगरपालिकाका प्रमुख धर्मराज शाहीकाे प्रमुख आतिथ्थतामा संचालन भएकाे कार्यक्रममा नगर उपप्रमुख मनिराज बराल,प्रमुख प्रशासकिय अधिकत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख, किशाेरी क्लवका सदस्य बाल क्लब,धार्मिक अगुवा,शिक्षक बिधार्थि,अभिभावक,विभिन्न सघ सस्थाका प्रतिनिधिहरुकाे सहभागितामा कार्यक्रम संचालन गरिएकाे हाे । २०२३ र २४ काे जुन सम्म संचालन गरिएका सामाजिक तथा आर्थिक क्रियाकलापहरुकाे बारेमा परियाेजना संयाेजक डम्बर बहादुर बाेहराले जानकारी दिनु भएकाे थियाे । परियाेजनाकाे बारेमा पारदशिता,जवाफदेहिता र सुशासनका कायम गर्ने उदेश्यले कार्यक्रम संचालन गरिएकाे हाे । नगर सरकारले गर्न पर्ने कामहरु हुरेन्डेकले गरिदिएकाे छ। , हुरेन्डेकले रास्काेट नगरपालिकामा खाने पानी तथा सरसफाईका क्षेत्रमा बिधालयमा महत्वपुण सहयाेग गरिदिएकाेछ , याैन तथा प्रजनन स्वास्थ अधिकारका बिषयमा किशाेर किशाेरीहरुलाई सक्षम बनाईदिएकाे नगर प्रमुख शाहीकाे भनाई रहेकाे थियाे । सामाजिक लेखा परिक्षण कार्यक्रमकाे सहजिकरण नमराज याेगिले गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया