नगर सभा संचालनका लागि रास्काेटमा सुझाव संकलन

१४ अाै नगरसभालाई लक्षित गर्दै रास्काेट नगरपालिकाले नीति तथा कार्यक्रमका लागि सुझाव संकलन कार्यक्रम संचालन गरेकाे हाे । रास्काेट नगरपालिकाका प्रमुख धर्मराज शाहीकाे अध्यक्षतामा संचालन गरिएकाे सुझाव संकलन कार्यक्रममा उपप्रमुख मनिराज बराल,वडा अध्यक्ष, कार्यपालिका सदस्य ,शाखाका प्रमुख प्रतिनिधि, विभिन्न राजनितिक दलका प्रमुख प्रतिनिधि,बिधालय ब्यबस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संधका अध्यक्ष, प्रधानाध्यापक, विभिन्न संघ सस्थाका प्रतिनिधि, महिला,दलित बालबालिकाहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा उपप्रमुख बरालले गाउँ सभामा प्रस्तुत गरिने अनुमानित बजेट प्रस्तुत गर्नु भएकाे थियाे । रास्काेट नगरपालिकाले हरेक बस्ति, वडा र समुदायकाे आबश्यकतालाई नीति तथा कार्यक्रममा समेट्नका लागि सुझाव संकलन कार्यक्रम राखेकाेमा नगर सरकारलाई धन्यबाद दिदै अन्य स्थानिय तहलाई यसकाे सिकाे गर्न हुरेन्डेक नेपाल कालिकाेटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले आग्रह गर्नु भयाे । हामी बनाउछाै हाम्राे नगर भन्ने नारालाई सार्थकता दिनका लागि हरेक समुदायका समस्या तथा आबश्यकतालाई नजिक बाट बुझेर गाउँ सभामा लैजाने उदेश्यले कार्यक्रम संचालन गरिएकाे नगर प्रमुख शाहीले बताउनु भयाे । कार्यक्रममा बाेल्ने अधिकाश बक्ताहरुले  रास्काेट बिकासका लागि पर्यटनकाे बिकासमा जाेड दिनु पर्ने  र यसका लागि धार्मिक तथा सास्कृतिक महत्वका स्थान हरुकाे पहिचान गर्न पर्ने बताएका थिए । असार ७ गते रास्काेट नगरपालिकाकाे १४ अाै नगर सभाकाे उद्घाटन गरिने बताईएकाे छ ।

तपाईको प्रतिक्रिया