कालीकोट —कालीकोटको रास्काेट नगरपालिका- ४ लाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण र सामाजिक सुरक्षामा प्रतिकुल असर पारेको ठहर गर्दै रास्काेट बालविवाह निषेधित क्षेत्र घोषणा गरिएकाेछ ।
‘बिहेवारी २० वर्ष पारि,’ ‘बालविवाह कानुनी र सामाजिक अपराध हो, कसैले नगरौं, नगराऔं’ मूल नारासहित रास्काेट ४ लाई बालविवाह निषेधित घोषणा गरिएको हाे ।
‘बालबालिकाको समग्र प्रगतिको बाधकको रुपमा रहेको सामाजिक कुरिति अन्त्य गर्न सबैको सक्रियता अनिवार्य छ । ‘कसैले बालविवाह गरे गराएमा कानुनको दायरामा ल्याइने छ ।’ गाउँका सबै सरोकारवालाको सहभागितामा व्यापक अन्तरर्क्रिया गर्दै निषेधित घोषणा गर्दा उमेर नपुगी विवाह गर्न खोज्नेको मनोबल घट्ने भएकाले गाउँ बस्तीलाई औपचारिक कार्यक्रममार्फत अभियान थालिएको नगर प्रमुख शाहीले बताए ।
रास्काेट नगरपालिका ४ का अध्यक्ष दिनेश संज्यालकाे अध्यक्षतामा आयोजित घोषणा सभामा रास्काेट नगर प्रमुख धर्मराज शाही प्रमुख अतिथि, नगर उप प्रमुख मनिराज बरालकाे विशेष आतिथ्थता, सम्पुर्ण वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य, राजनितिक दलका प्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत,बिषयगत शाखाका प्रमुख प्रतिनिधि , संघ सस्थाका प्रतिनिधि, पत्रकार नागरिक समाज लगाएतकाे उपस्थितिमा बाल विवाह निषेधित वडा घाेषणा गरिएकाे हाे ।
‘बालविवाह सबै बालबालिकाको प्रगतिको बाधक हो,’ नगर प्रमुख शाहीले भने,’ बालविवाह गर्नेलाई सामाजिक बहिष्कार गरिने छ ।’ उनले यसवाहेकका सबै कुरिति सधैँका लागि अन्त्य गर्नुपर्ने बताए ।
रास्काेट नगरपालिकाले बिगत लामाे समय देखि बालविवाह विरुद्धको अभियान संचालन गरेर २० प्रतिशत मुनि झार्न सफल भएपछि बालविवाह निषेधित वडा घोषणा गरिएको वडा अध्यक्ष संज्याले बताए ।
घोषणाअघि यहाँका बस्ती र टोलबाट प्ले कार्ड, ब्यानर बोकेर पन्चे बाजासहित समुदायका बालबालिका, किशोर किशोरीलगायत सरोकारवालाहरू नाराजुलुस गर्दै सभास्थल पुगेर बालविवाह नगर्ने/नगराउने प्रतिबद्धता गराइएको थियो ।
नेपाल सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति तय गरेर बालविवाह विरुद्धको अभियान संचालन गरिरहेको छ । नगर उपप्रमुख बरालले बाेल्दै बालबालिकाकाे स्वास्थबालबालिकाको संरक्षण, विकास, सहभागिताका लागि बालविवाह बाधक रहेकाले सबैको सक्रियतामा अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।
बालविवाहविरुद्धको अभियानमा सक्रिय रास्काेट नगरपालिका वडा नम्बर ४ का अभियन्तालाई सम्मान गरिएको छ ।
प्लान ईन्टर नेशनल नेपालकाे आर्थिक सहयाेग हुरेन्डेक नेपाल र सादा नेपालकाे समन्वय तथा रास्काेट नगरपालिका वडा नम्बर ४ काे आयाेजनामा संचालन गरिएकाे कार्यक्रममा रास्काेट नगरपालिकाकाे एनजिओ फाेकल पर्शन हुकुम बहादुर शाहीले संचालन गरेका थिए ।
रास्काेट नगरपालिका ४ लाई बाल विवाह निषेधित वडा घाेषणा
तपाईको प्रतिक्रिया

साझा रैबार । २४ जेष्ठ २०८१, बिहीबार १८:४६