रास्काेटमा युवा नमुना अभ्यास नगर सभा सम्पन्न

युवा भबिष्यका कर्णधार मात्र हाेईनन बर्तमानका साझेदार पनि हुन भन्ने मुल मर्मका साथ युवा नमुना अभ्यास नगर सभा कार्यक्रम रास्काेटमा सम्पन्न भएकाेछ । प्लान ईन्टरनेशनल नेपालकाे आर्थिक सहयाेग हुरेन्डेक नेपाल कालिकाेटकाे साझेदारीमा संचालित सशक्त बालिका परियाेजना अन्तगत कार्यक्रम संचालन गरिएकाे हाे । हुरेन्डेक नेपाल कालीकाेटका सचिव खडानन्द अधिकारीकाे अध्यक्षता रहेकाे कार्यक्रममा नगर उप प्रमुख मनिराज बरालकाे प्रमुख आतिथ्यता र रास्काेट नगरपालिकाका बिषयगत शाखा प्रमुख वडा अध्यक्ष कार्यपालिका सदस्य तथा पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे । लाेकतन्त्र र लाेकतान्त्रिक सस्कृति,स्थानिय तहमा याेजना निर्माणका चरण,गाउँ नगर सभा संचालन सम्बन्धि कार्यबिधि बारे जानकारी,गाउँ नगर सभा सम्बन्धि जानकारी दिनुका साथै नमुना युवा गाउँ नगर सभा प्रदर्शन गरिएकाे थियाे । कार्क्रमकाे समापनमा बाेल्दै नगर प्रवक्ता धन बहादुर धामिले भन्नू भयाे । क्रम भङगताका हिसावले समाज अगाडि बढि सकेकाे छ , हामि जनप्रतिनिधि हुनका लागि तयारी थिएनाै तपाइहरु तयारी भैसक्नुभएकाे छ । रास्काेट नगरपालिकाकाे हलमा चार दिन सम्म संचालन भएकाे कार्यक्रमकाे सहजिकरण प्रकाश उपाध्ययले गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया