रास्काेट नगरपालिका स्थित रास्काेट अस्पतालमा याैन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएकाेछ । प्लान इन्टरनेशनल नेपालकाे आर्थिक सहयाेग, हुरेन्डेक नेपाल कालीकाेटकाे सहजिकरण तथा रास्काेट नगरपालिकाकाे समन्वयमा सशक्त बालिका परियाेजना अन्तगत रास्काेट शिविर संचालन गरिएकाे हाे । हुरेन्डेक नेपाल कालीकाेटका महासचिव दान बहादुर बिककाे अध्यक्षतामा संचालन भएकाे शिविरमा रास्काेट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जवानसिह बमकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । शिविरमा रास्काेट नगरपालिकाका सम्पुर्ण वडाबाट याैन तथा प्रजनन स्वास्थ्य सम्बन्धि समस्या भएका किशाेरकिशाेरी तथा युवा महिलाहरुले सेवा लिएका थिए । शिविरमा महिला १७०, पुरुष ७ गरि जम्मा १७७ जनाले सेवा लिएका थिए। जिल्ला अस्पताल कालीकाेटका मेडिकल अधिकृत प्रतिमा भण्डारी, रास्काेट अस्पतालका मेडिकल अधिकृत सुमन कुसहावा र रास्काेट अस्पतालका स्वास्थ्य कर्मिहरुले बिरामिहरुकाे चेक जाचका साथै उपचार गरीएकाे बताईएकाे छ । उद्घाटन शिविरमा बाेल्दै प्रमुख प्रशासकिय अधिकृत बमले नगरपालिकाले गर्नु पर्ने काम हुरेन्डेकले गरेकाेमा धन्यबाद समेत ज्ञापन गरेका थिए । ग्रामिण भेगमा किशाेरकिशाेरी तथा युवाहरु याैन तथा प्रजनन स्वास्थ्य सम्बन्धि खुलेर आफ्ना समस्याहरु भन्न नसक्नुले थप समस्याहरु आउने गरेकाे र यस्ता समस्याहरु खुलेर स्वास्थ्य कर्मिहरु संग राख्न सेवा ग्राहिहरुलाई कार्यक्रम संयाेजक डम्बर बाेहराले आग्रह गरेका थिए । शिविरमा धेरै जसाे बिरामिहरु महिनावारीकाे समयमा पेट दुखाई,पिसावमा खराबि,महिनावारी गडबडि र पाठेघर सम्बन्धिका बिरामिहरुले उपचार लिईकाे डाक्टर प्रतिमा भण्डारीले बताईन ।
रास्काेट अस्पतालमा याैन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
तपाईको प्रतिक्रिया
साझा रैबार । ७ जेष्ठ २०८१, सोमबार १८:२०