आधारभुत खाेज तथा उद्दार तालिम रास्काेटमा सम्पन्न

प्लान इन्टरनेशनल नेपालकाे आर्थिक सहयाेग हुरेन्डेक नेपाल कालीकाेटकाे साझेदारीमा संचालित सशक्त बालिका परियाेजना अन्तगत आधारभुत खाेज तथा उद्दार तालिम रास्काेट नगरपालिकामा सम्पन्न भएकाे छ । रास्काेट नगरपालिकाका किशाेर तथा किशाेरीहरुलाई बिपदकाे बेला उद्दार तथा सुरक्षित रहनका लागि सिपहरु सिकाउने उदेश्यले रास्काेट नगरपालिकाकाे हलमा तालिम संचालन गरिएकाे हाे । रास्काेट नगरपालिकाका उप प्रमुख मनिराज बरालकाे अध्यक्षतामा तालिम संचालन गरिएकाे थियाे । नगर उप प्रमुख बरालले समापन कार्यक्रममा बाेल्दै नगरपालिकाले गर्नु पर्ने काम हुरेन्डेकले गरेकाेमा सस्थालाई धन्यबाद समेत दिनु भएकाे थियाे । तालिम पश्चात् रास्काेट खाेज तथा उद्दार युवा समूह समेत गठन गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया