शैक्षिक गुणस्तर सुधारका लागि पचालझरना ९ ले चाल्याे कदम

बिधमान रुपमा सामुदायिक बिधालयहरुमा खस्किदै गयकाे शैक्षिक अबस्था लाई सुधार गर्न समुदायहरुमा सामुदायिक बिधालयहरु प्रतिकाे बिश्वसनियता बढाउन साथै सामुदायिक बिधालय काे समग्र ब्यबस्थापन शैक्षिक गुणस्तर सुधारका लागि पचालझरना गाउँपालिका वडा न ९ काे अायाेजनामा बिधालयका प्रधानाध्यापक सम्पर्ण शिक्षक बिधालय ब्याबस्थापन समिति र अभिभाबक सँघ लगायत सराेकार वालाहरुसँग शैक्षिक रुपान्तरणका लागि वडा कार्यलय र बिधालय प्रधानाध्यापक ज्युहरु बिचमा १३ वटा बुदामा सम्झौता तथा हस्ताक्षर कार्यक्रम सम्पन्न भएकाेछ ।वडा अध्यक्ष ललिजन बहादुर शाहीकाे अध्यक्षतामा संचालन गरिएकाे थियाे भने पचालझरना गाँउपालिका अध्यक्ष देवराज शाही प्रमुख आतिथ्थता, पचालझरना गाउपालिकाका शिक्षा शाखा प्रमुख नमराज शाहीकाे विशेष आथिथ्थता रहेकाे थियाे । कार्यक्रमकाे संचालन वडा सचिव वडा सचिब कृष्ण गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया