राष्टिय युवा संघ नेपालकाे ३५ औ स्थापना दिबसकाे अबसरमा राष्टिय युवासंघ नेपाल कर्णाली प्रदेश कमिटिले आयाेजना गरेकाे कर्णालीकाे विधमान अबस्था र बेराेजगारी समस्याकाे दिर्घकालिन समाधान बिषयक युवा मन्थन कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रमा प्रमुख अतिथि नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष गुलाबजङ्ग शाहले युवाहरु उत्पादनमा जाेडिनु पर्नेमा जाेड दिनु भयाे। समृद्दिकाे अभियानकाे नेतृत्व युवाहरुले गर्नु पर्ने बताउनु भयाे।कार्यक्रममा प्रदेशका उधाेग,पर्यटन,वन तथा वातावरण मन्त्री दुर्ग बहादुर रावतले “कर्णाली प्रदेशकाे भबिष्य युवाहरुकाे हातमा भएकाे र कर्णाली सरकार युवा मैत्री बजेट र कानुन बनाउन सरकार सकरात्मक भएकाे बताउनु भयाे। कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटी उपाध्यक्ष तथा नेकपा एमाले प्रदेश संसदियदलका प्रमुख सचेतक टेकराज पछाइ ले कर्णाली बिकासकाे प्रमुख समस्या टुक्रे याेजना रहेकाे र अब कर्णाली प्रदेशले बृहत तथा अर्थपुर्ण याेजना र अर्थपुर्ण बजेट ल्याउनु पर्ने र त्यसमा आफ्नाे दृढ प्राथमिकता रहने बताउनु भयाे।
कार्यक्रममा युवा नेता कुमार बिक्रम शाहीले कर्णालीकाे विधमान अबस्था र बेराेजगारी समस्याकाे दिर्घकालिन समाधान बिषयक अबधारणा पत्र प्रस्तुत गर्नु भएकाे थियाे । अबधारणा पत्र माथि उप-प्रध्यापक माधब प्रसाद खनाल,युवा नेता किरण किशाेर सापकाेटा,वाईसियल इन्चार्ज गणेश बहादुर शाही पर्यटन ब्यबसायी तथा बाेटे बाेरा कम्पनिका सञ्चालक बिष्णु ढकाल लगायतले कार्यपत्रमाथि टिप्पणी गर्नुका साथै कर्णालीकाे बर्तमान समस्या र यसकाे समाधान बारे रचनात्मक धारणा राख्नु भएकाे थियाे बताईएकाे छ । कार्यक्रम संगठनका प्रदेश अध्यक्ष जीवन बहादुर शाहीकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमकाे बद्रि बाेहाेरा र पिटर चुनाराले सहजिकरण गर्नु भएकाे थिएकाे नेकपा एमालेका युवा नेता सुशील संज्यालले जानकारी दिनु भएकाे छ ।
कर्णालीकाे बिधमान अबस्था र बेराेगार समस्याकाे दिर्घकालिन समाधान बिषयक युवा मन्धन कार्यक्रम सुर्खेतमा सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । १ जेष्ठ २०८१, मंगलवार २०:०१