नमुना कक्षा काेठा निर्माणका लागि रास्काेटका २ बिधालयलाई हुरेन्डेकद्वारा सामग्री हस्तान्तरण

प्लान इन्टर नेशनल नेपालको आर्थिक सहयाेग र मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरेन्डेक) नेपाल कालिकोटको सहजिकरणमा संचालित बालिका शसक्तिकरण परियोजना अन्तगत नमुना कक्षा कोठाको लागि बिभिन्न सामाग्रिहरु हस्तान्तरण गरिएकाेछ ।हुरेन्डेक नेपाल कालिकोटका कोषाध्यक्ष गौरी कुमारी शाही, राष्कोट नगर पालिका का प्रमुख धर्मराज शाही र उप प्रमुख मनिराज बराल द्धारा राष्कोट नगर पालिका मा रहेको मालिका आधार भुत विद्यालय र कालाशिल्ला माद्यामिक विद्यालयमा सयुक्तरुपमा समाग्री हस्तान्तरण गरियो हाे । हस्तान्तरण कार्यक्रममा नगर प्रमुख शाहीले सहर बजारमा संचालनमा आयको नयाँ मोडेल लाइ ग्रामिण क्षेत्रमा पनि नमुनाको रुपमा संचालन हुनुले विद्यार्थिहरुको शैक्षिक गुणस्तरमा टेवा पुगाउने बताउनु भयो । साथै यसरी प्राप्त भएका सामाग्रिहरुको प्रभावकारी कायान्वयन तथा दिगोपनाका लागि विद्यालयले उचित व्यवस्थापन गर्नु पर्ने सुझाव ब्यक्त गर्नु भयो । शाहीले आगामी दिनमा पनि संघसस्थासंगको सहयोग तथा सहकार्यको अपेक्षा रहेको र हुरेन्डेक नेपाल कालिकोटले आवश्यकता को आधारमा विद्यालयलाई सामाग्रि वितरण गरेकोमा धन्यवाद ब्यक्त पनि गर्नु भएकाे थियाे । कार्यक्रममा बाेल्दै नगर उपप्रमुख मनिराज बराले यसरी संघसस्थाले विद्यार्थिको शैक्षिक गुणस्तर सुधार गरी बढी भन्दा बढी विद्यार्थिहरुलाई विद्यालयमा आकर्षण गर्नका लागि भाैतिक तथा शैक्षिक सामाग्रिहरुले सहयोग पुरयाउने बतानु भयो ।
दुइ ओटा विद्यालयमा आल्मुनियम दराज ८ वटा, टेबुल २४ वटा, रयाक ८ वटा,जुट कार्पेट १२० मिटर, पि फर्म १२० मिटर,कुशन १४४ वटा, फील्टर ६ वटा,जग ६ वटा, डस्बीन ६ वटा, डोरम्याट ८ वटा,भित्ते भडि ६ वटा, ह्वाइट बोर्ड ६ वटा, थमपिन बोर्ड ६ वटा र स्मार्ट टी.भि ६ वटा गरी जम्मा ९,२७७,३० बराबरको सामाग्रि हस्तान्तरण गरिएको मानव अधिकार तथा वातावरणा विकास केन्द्र हुरेन्डेक नेपाल कालिकाेटका लेखा तथा प्रसासन संयोजक प्रेम बहादुर शाहीले बताउनु भयो । साथै मालिका आधार भुत विद्यालयमा १८० स्कवायर फीट भित्तेलेखन समेत गरिको शाहीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया