पचालझरना शैक्षिक रुपान्तरण शुभारम्भ समाराेह सम्पन्न

पचालझरना शैक्षिक रुपान्तरण  शुभारम्भ समाराेह कार्यक्रम शनिवार पचालझरना गाउपालिकामा संचालन गरिएकाे छ । पचालझरना गाउपालिकाका अध्यक्ष देवराज शाहीकाे अध्यक्षतामा संचालन गरिएकाे कार्यक्रममा उपाध्यक्ष अल्किना बम, प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारी लगाएत सम्पुर्ण वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य पचालझरना गाउपालिकामा संचालित बिधालयका ब्यबस्थापन समिति,प्राधानाध्यापक र शिक्षकहरुकाे उपस्थिति रहेकाे थियाे । २०८० सालमा गाउपालिकाले शैक्षिक कार्यबिधि पास गरिसकेकाे छ । बिधालयलाइ शैक्षिक रुपमा चुस्त दुरुस्त,पारदशिता जवाफ देहिता बनाउननुका साथै बाल बिकास केन्द्रलाई नमुना बाल बिकास बनाउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । बिधालयमा भाैतिक पुर्वाधार तथा शैक्षिक सामग्रीहरुकाे ब्यबस्थापन गर्ने बिषयमा समेत छलफल गरिएकाे बताईएकाे छ । गुणस्तरीय शिक्षा गुणस्तरीय ज्ञान, शैक्षिक रुपान्तरण हाम्रो अभियान” भन्ने नाराका साथ सञ्चालन भएको “पचालझरना शैक्षिक रुपान्तरण अभियान” को दस्तावेजमा पचालझरना गाउपालिकामा संचालित सबै बिधालयहरुले हस्ताक्षर सहित कार्यान्वयनमा ऐक्यबद्धता जनाइएका बताईएकाे छ

सामुदायिक विद्यालय र संस्थागत विद्यालय विच रहेको भनिएको शैक्षिक गुणस्तरको खाडल पुर्न र आम निम्न तथा मध्यम वर्गका वालवालिकाको गुणस्तरिय शिक्षाको अधिकार सुनिश्चित गर्न पचालझरना शैक्षिक रुपान्तरण अभियान संचालन गर्न लागिएको हो । शिक्षा र शैक्षणिक प्रकृयाको महत्वपुर्ण हिस्सेदार प्रधानाध्यापक र शिक्षकज्यूहरुलाई पुर्ण रुपमा जवाफदेहि र जिम्मेवार वनाउने काम यस अभियानमा हुन्छ । रुपान्तरण अभियानका मुख्य दुइटा पक्ष छनः
१. सम्झौताको पक्ष
२. हरेक दिन ३।३
गाउँ शिक्षा समितिको अध्यक्ष तथा प्रधानाध्यापक तथा वालविकास सहजकर्ताको विचमा हुने सम्झौता र प्रधानाध्यापक एवं विषय वा कक्षा शिक्षकको विचमा हुने सम्झौताको कार्यान्वयन अनिवार्य र वाध्यकारि गरिएको छ । प्रत्येकले आफ्नो विषयको जिम्मा र ग्यारेन्टि लिनै पर्छ र काम गर्ने तर नतिजा नखोज्ने चलनको अन्त्य गरिएको छ ।
अर्को तर्फ हरेक दिन ३।३ अन्तरगत प्रत्येक शिक्षकले प्रत्येक दिन ३ वटा नयाँ कुराहरु विद्यार्थिलाई पढ्न वा याद गर्न लगाइ अर्को दिन मुल्याङ्कन गर्नुपर्नेछ । यसले विद्यार्थिमा ज्ञानको भण्डार वृद्धिमा महत्वपुर्ण भुमिका खेल्नेछ ।
यो यउटा गोष्ठि वा अन्तर्क्रिया नभइ यउटा निरन्तर अभियान हो र निरन्तर रुपमा मुल्याङ्कन तथा परिमार्जन हुदै जानेछ । सामुदायिक विद्यालयको शिक्षाको क्षेत्रमा सुधारको विकल्प नभएकोले यो अभियान अपरिहार्य वनेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले सहभागिलाई निर्देशन तथा कार्यन्वयन गर्न अनुराेध गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया