बिपन्न तथा जेहन्दार बिधार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग मानव अधिकार तथा वातावरण बिकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोट को सहजीकरण मा संचालित शसक्त बालिका परियोजना अन्तर्गत रास्कोट नगरपालिका का विभिन्न वडाका पन्ध्र जना बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरु लाई वडा न ५ का वडा अध्यक्ष श्री मन तिरुवा र हुरेन्डेक नेपाल कालिकोट का कोषाअध्यक्ष गौरि कुमारी शाहीद्वारा स्टेशनरि तथा अन्य शैक्षिक सामाग्री हस्तान्तरण गरिएकाे छ । बिपन्न तथा गरिव बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गरेकाेमा हुरेन्डेक नेपाल कालिकाेटलाई धन्यबाद दिदै वडा अध्यक्ष तिरुवाले भने केही हद सम्म बालबालिकालाई राहत भएकाे र अझै आगामि दिनमा सहयाेगकाे अपेक्षा रहेकाे बताउनु भयाे रास्काेट नगरपालिकमा परियाेजनाले एक घर एक पढाइ कुना समेत संचालन गरिएकाे बताईएकाे छ । २० वटा कापी २० वटा डटपेन १ वटा झोला सहयाेग गरिएकाे हुरेन्डेक नेपाल कालिकाेटकाे लेखा तथा प्रशासन संयाेजक प्रेम बहादुर शाहीले जानकारी दिनु भयाे ।

तपाईको प्रतिक्रिया