३ दिने कर्णाली निशुल्क आँखा जाँच तथा माेतियाविन्दु शल्यक्रिया शिविर पचालझरना गाउपालिका वडा नम्बर ८ काे सरस्वति माध्यमिक बिधालय भिट्टामा उद्धाटन गरिएकाेछ । पचालझरना गाउपालिका वडा नम्वर ९ का वडा अध्यक्ष तथा पचालझरना गाउपालिकाका कार्यबाहक अध्यक्ष ललिजङग बहादुर शाहीले शिबिरकाे उद्धाटन गर्नु भएकाे हाे ।
नेत्र जाेति संघ हिमालय आखा अस्पताल घारिपाटन पाेखराकाे आयाेजना एब पाबिधिक सहयाेग सहयाेगी सस्था ब्यबसायिक महिला क्लब पाेखरा, एकीकृत आँखा तथा कान स्वास्थ कार्यक्रम कर्णाली प्रदेश र नेपाल नेत्र ज्याेती सघ कालिकाेट, पचालझरना गाउपालिका, सरस्वती माध्यमिक बिधालय पचालझरना ८ कालिकाेटकाे स्थानिय आयाेजनामा २५६ जम्मा महिला ११३ पुरुष १४४ ले सेवा लिएका छन । जसमध्येमा ४८ जनाकाे आखाका बिरामिहरुकाे अप्रेशन हुने आयाेजकले बताएकाे छ ।
बाजुरा जिल्ला पलाता गाउपालिका रास्काेट नगरपालिका र पचालझरना गाउपालिकाका सेवाग्रहीहरुले सेवा लिएकाे बताईएकाे छ ।


साझा रैबार । ८ बैशाख २०८१, शनिबार ०९:१०