भरतपुर महानगर पालिका चितवन र पचालझरना गाउपालिका कालीकाेट बीच भगिनि सम्बन्ध कायम भएकाे छ । आईतवार भरतपुर महानगरपालिकामा एक कार्यक्रमका बीच दुई स्थानिय तहले अाैपचारीक रुपमा भगिनि सम्बन्ध थालेका हुन ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र पचालझरना गाउपालिका अध्यक्ष देवराज शाही उपाध्यक्ष अल्किना बम र प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारीले भगिनि सम्बन्धमा हस्ताक्षर गरेर सम्बन्ध थालेका हुन । विभिन्न बुदामा समझदारी बनाएर भगिनि सम्बन्ध कसरी अगाडि बढाउने भन्ने उल्लेख गरिएकाे छ । पचालझरना गाउपालिकाकाे बिकासमा साझेदार गर्ने सकारात्मक साेच र उदेश्यका साथ भगिनि सम्बन्ध कायम गरिएकाले याे सम्बन्ध अझै प्रगाढ हुँदै जाने आसा गरिएकाे भरतपुर महानगरपालिका प्रमुख दाहालले बताईन । पचालझरनालाई पर्दा भरतपुरले र भरतपुरलाई पर्दा पचालझरनाले सहयाेग गर्ने गरि विभिन्न समानताका बिषयमा एक भएर अगाडि बढ्ने अठाेट लिएकाे उनकाे भनाई रहेकाे थियाे । पचालझरना गाउपालिका अध्यक्ष शाहीले पचालझरना र भरतपुरकाे सम्बन्ध केही समयका लागि नभई दिर्घकालिन रुपमा रहने बताए ।
भरतपुर महानगर पालिकाले भ्रमण बर्ष २०२४ मनाउदै छ । भरतपुरमा घुम्न आउने पर्यटकहरुलाई एसियाकै अग्लाे झरना पचालझरनाकाे समेत प्रसार प्रचारमा सहयाेग हुने नगर प्रमुख दाहालले बताईन । भरतपुर महानगरपालिका र पचालझरना गाउपालिकामा रहेका मुख्य धार्मिक तथा पर्यटकिय स्थलहरुकाे महत्व र बिशेषताका आधारमा दुबै स्थानिय तहबाट प्रचार प्रसार गरिने बताईएकाे छ । यस्तै पशुपालन,उधमिशलता, शिक्षा लगाएतका सेवामुलक कामहरुमा सहकार्य गर्ने समेत बताईएकाे छ ।
भरतपुर महानपालिका र पचालझरना गाउपालिका बीच भगिनि सम्बन्ध सुरु
तपाईको प्रतिक्रिया

साझा रैबार । २६ चैत्र २०८०, सोमबार १६:००