जिल्ला स्तरीय युवा भेला आईतबारबाट सदरमुकाम मान्म मा सुरुभएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालको सहजिकरण मा कालिकोट जिल्लाका सबै स्थानिय तहका युवा सहभागी हरु बिच भेला सुरुभएको हो ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र कालीकोटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाको शभाअध्यक्षता तथा जिल्ला समन्वय समिती कालिकोट का प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यता मा भेलाको उद्घाटन गरिएको हो ।
युवा भेलाको पहिलोदिन आज युवाका समस्या र सामाधानका प्रयास संग सम्बन्धीत छलफल केन्द्रीत रहेको थियो । कार्यक्रमको उदेश्य माथी भनाई राख्दै हुरेन्डेक नेपाल कालिकोट का जिल्ला ब्याबस्थापक दिलिप कुमार शाहीले युवाहरुको जीवनयापनका आधारभूत अधिकार, शिक्षा, स्वास्थ्य तथा परिवार कल्याण, सामाजिक सुरक्षा, रोजगारी, युवा सशक्तिकरण तथा नेतृत्व विकास, सहभागिता तथा परिचालन, लागु पदार्थ दुव्र्यसन नियन्त्रण, मानव तस्करी तथा मानव बेचबिखन नियन्त्रण, वातावरण संरक्षण तथा दिगो विकासमा युवा सहभागिता, विज्ञान तथा सूचना प्रविधिमा युवाको पहुँच जस्ता सवाल लाई यथासीघ्र्र कार्यन्वयन गरी युवाको वृत्ति–विकास र सशक्तिकरणमा सबैले पहल गर्नु नसके भविस्यमा ठुलो युवा सक्ती पलायन हुने डर रहेको बताए ।
कार्यक्रम मा भनाई राख्दै नरहरीनाथ गाउपालिकाका अध्यक्ष नगेन्द्र बिष्टले प्लस टु सकेपछि उच्च शिक्षा अध्ययनका लागि भनेर किशोरकिशोरी लाखौंको संख्यामा बिदेसिँदै गईरहेको बताए । उनले भने ‘‘बाबुआमाहरू उनीहरूलाई रोक्न सक्ने हालतमा छैनन । उनीहरू सकी–नसकी त्यसको बन्दोबस्तमा लाग्न बाध्य छन्न । विदेशी विश्वविद्यालयहरूले यहाँबाट विद्यार्थी लैजान सयौं कन्सल्टेन्सी खोलेका छन। वा, तिनीहरूलाई माध्यम बनाउँदै बाल मस्तिष्कलाई प्रभाव पार्ने अनेकौं काउन्सिलिङ यहाँ चलिरहेका छ । के यी संस्थाहरूको कुनै सरकारी निकायबाट नियमन, नियन्त्रण र अनुगमन भैरहेको होला ? चिकित्सा शिक्षा र इन्जिनियरिङजस्ता विषयहरूको अध्ययनका निम्ति धेरै ठूलो जनशक्ति विदेशिइरहेको छ । यसबाट अर्बौं धनराशि पनि बाहिरिइरहेको उनले बताए । साथै बिष्टले सबैभन्दा ठूलो संख्यामा रोजगारीका अवसरहरू सृजनाका लागि चाहिँ औद्योगिकीकरणमै जानुपर्ने जिकीर गरे । उनले यसका लागि उद्योगमैत्री वातावरण बनाउनुपर्ने । उद्योग स्थापनाका निम्ति सहज कानुनी प्रबन्ध, सरल र सहयोगी प्रशासनिक संरचना, आवश्यक पूर्वाधार विकास, सुविधा र मुनाफाको सुनिश्चितता भए मात्रै स्वदेशी–विदेशी लगानीकर्ताहरू आकर्षित हुन सक्ने र स्वदेशमा रोजगारी सृजना हुने बताए ।
साथै कार्यक्रममा बोल्दै रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले युवालाई स्वदेशमा रोक्नुनै ठुलो चुनौती रहेको बताए साथै उनले पढाइ–लेखाइ गर्ने कलिलो उमेरमा, दक्षता हासिल गर्ने उमेरमा अन्जान मै विवाह गर्ने प्रचलन अहिले पनि कायम नै रहेको बताए । यस प्रकारको कार्यले दक्ष जनशक्ति उत्पादनमा ह्रास आएको , कालन्तरमा वैमनश्यता उत्पन्न भइ सम्बन्ध विच्छेद हुने, केटाले अर्की विहे गर्ने र केटीले पनि कि आत्महत्या गर्ने, कि हिंसासहेर बस्ने प्रचलन बढेको छ बताए । यति मात्र नभएर, समाजमा अनेक प्रकारका कलह र दुश्मनी बढकोे । जसले गर्दा समाजको प्रगति र उन्नतिमा कमी आएको बताए । जसले गर्दा युवा जनशक्तिमा यसले नराम्रो अवस्था सिर्जना गरिरहेको प्रमुख शाही ले बताए ।
सशक्त बालिका परियोजना अन्र्तगत आयोजित युवा भेला कार्यक्रमको सहजीकरण मानबअधिकारकर्मी काली बहादुर मल्ल,पत्रकार महांसंघ कालीकोटका अध्यक्ष भरतराज बिष्ट र सचिव खडानन्द अधिकारीले गर्नुभएको थियो ।
सराेकारवाला संग युवाकाे भेला मान्ममा सुरु भेलाले नया नेतृत्व चयन गर्ने
तपाईको प्रतिक्रिया

साझा रैबार । ४ चैत्र २०८०, आईतवार १९:३३