अशाेक
०३ चैत ,बाँके
देश असफल हुनुकाे पछाडि दलाल पुजिवाद व्यावस्था मुख्य कारक तत्व भएको नेपाल कम्युनिस्ट पार्टी का महासचिव विप्लव ले बताउनुभयो ।उत्तर बाँके द्वारा आयोजित भेटघाट कार्यक्रम उहाँले ले वर्तमान देशको आर्थिक र राजनीतिक अबस्था लाई नेपाली बिशेषता को समाजवाद ले मात्र स्थाई सामाधान दिन सक्ने ठोकुवा गर्नु भएकाे छ ।
नेकपा उत्तर बाँके जिल्ला ईन्चार्ज क रणदिप सी को अध्यक्षता नेकपा महासचिव एंव समाजवादी मोर्चा नेपालका संयोजक क विप्लव सी को प्रमुख आतिथ्यता , पि बि एम क आर्दश सी , ब्युराे ईन्चार्ज क असल सी क संगम सी बर्दिया जिल्ला ईन्चार्ज क हिमसिखर सी पुर्ब मन्त्री दल ब सुनार माओवादी केन्द प्रदेश कमिटी सदस्य क कमल को आतिथ्यतामा शिक्षक बुद्धिजीवी , कर्मचारी , ब्यबसायी , र पार्टी कार्यकर्ता सहभागी कार्यक्रममा केन्द्रीय सदस्य क नारायण सी ले स्वागत मन्तब्य दिनु भएको थियो।
उक्त भेटघाट कार्यक्रममा आफ्नो धारणा राख्दै पुर्ब मन्त्री दल ब सुनार ले नेपाली क्रान्तीको बाँकी कार्यभार क बिप्लव को काँधमा आएकोले यसलाई उहाँले सफलता पुर्बक पूरा गर्नु हुने मा आफू बिस्वस्त रहेको धारणा राख्नु भएकाे थियाे।
प्रचण्ड जस्तै नबन्नु बन्नु हुन्न मा बढी बिश्वास पनि छ नेपाल लाई सफलताका साथ नेपाली विशेषताकाे समाजवाद सम्म पुर्याउनु हुनेमा आफू विश्वास्त रहेकाे धारणा राख्नुकाे साथै देश र जनताले खाेजेकाे एक मात्रै विप्लव रहेकाे बताउनु भएकाे थियाे ।
प्रमुख अतिथी क विप्लवले आफ्नाे धारणा राख्दै भन्नू भयाे नेपालका कम्युनिस्टहरु व्यावस्था बदल्न सफल भएपनी आर्थिक नितीमा परिबर्तन ल्याउन भने पुरै असफल हुनु को पछाडी दलाल पुजिवाद मुख्य कारक रहेकाे र त्यसलाई नेपाली बिशेषताको समाजवाद ले मात्र हल गर्ने सक्ने भएकाेले समाजवादकाे निम्ति नेपाली कम्युनिस्टहरु एक हुन जरुरी रहेकाे जिकिर गर्नुभयो ।

साझा रैबार । ३ चैत्र २०८०, शनिबार २१:४०