देउडा खेल कर्णालीको पहिचान हो देवकोटा

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हरेक महिनाको १गते र १५ गते देउडा देल खेल्ने गरिन्छ आफ्नो संस्कृतिको जगेर्ना गर्न र देउडाको पहिचान यथावर्त राख्नको निम्ति पुराना देउडा देलाउडाहरु लागी परेको भगवती देवकोटाले बताएकि छन ।

यो देउडा खेल खष भाषा बाट सुरुवात भएको र यो खेलमा पुरुष महिला वा केटाकेटीहरुले ठट्यौली पारामा माया प्रितीका भाषा वा माया प्रेम साटासाट गर्दै मनका भारि बिस्तारै बिसाउने चौतारिको रुपमा पनि हेर्न सकिन्छ ।

यति मात्रै नभएर समाजमा भएका तत्कालीन र दिर्घकालिन घटना क्रमलाई पनि देउडा गित मार्फत लय बद्ध तरिकाले जनचेतनामुलक सन्देश पनि देउडा मार्फत पोखिने भएकोले पनि यसको लोक प्रियता दिन प्रतिदिन बड्दै गएको गायिका देवकोटा बताउनु छिन ।

यो खेल पहिले पहिले कर्णाली क्षेत्रका आसपासमा मात्रै खेलिने भएता पनि हाल यो देउडा खेल राजधानी लगाएत नेपालीहरु रहेका विभिन्न देशहरुमा निकै लोकप्रियता बन्दै गएकोले यो देउडाको जगेर्ना गर्नु हामी सबैको कर्तव्य रहेकोले आफू पनि लागि परेको देउडा अगुवाई देवकोटा बताउ छिन ।

पुर्वि संस्कृतिले नेपाली संस्कृति लगाएत भेषभुषा समेतमा असर परेकाले हाम्रो देउडा खेल्ने चलन लोप हुनलागेकोले यसलाई जोगाई राख्नको निम्ति संस्था नै दर्ता गरे देउडा खेलको संरक्षण गर्न लागको सो संस्थाका अध्यक्ष बलिराम देवकोटा बताएका छन।

 

देवकोटाका अनुसार विभिन्न जिल्लाहरुमा संस्था मार्फत पुराना देउडा सर्जकहरुलाई प्रतिनिधि बनाएर यो पुर्खेउलि देउडा खेलको जगेर्ना गर्न आफुहरु लागि परेको तर यो संस्कृतिलाई स्थानिय सरकार र प्रदेश सरकारले कुनै ध्यान नदिदा यो खेल बिस्तारै लोप हुन्छ कि भनेर आफू चिन्तित रहेको बताउ छन ।

यसको जगेर्ना गर्ने मात्रै नभएर मनोरनजन दिने उदेश्यले सुर्खेतको घण्टाघर नजिकै विभिन्न जिल्लाका देउडा सर्जक र देउडा पार्खिहरुले लेउडा खेल खेल्दै आएको खेलाउडि सुनसरा शाही बताउ छन ।

 

अध्यक्ष देवकोटाका अनुसार यो देउडा खेल पुर्खौं देखि खेल्दै आएको र यो खेल देविदेवता बाटनै खेलको सुरुवात भएको किवदन्ति रहेको छ ।
गोलघेरो डेरि झै खेलिने हिसावले यो खेललाई देउडा भनियको र गित लयव्ध तरिकाले गाईने र एक आपसमा गित बटै सवाल र जवाफ दिने भएकोले देउडा भनिएको देवकोटा बताउ छन ।

घण्टाघरमा यसरी देउडा खेल्दा आफुहरुलाई छुट्टै प्रकारको उर्जा मिल्नुको साथै नयाँ देउडा क्षेत्रमामा रुचि राख्ने व्याक्तिहरुलाई पनि निखारिने अवसर रहेको राम बहादुर रावत र नयाँराम न्यौपानेको बुझाई रहेको छ ।

समाजमा भएका तत्कालीन गतिविधि लाई देउडा मार्फत पोख्ने गरिन्छ , सुदुरपश्चिम तथा कर्णाली प्रदेशको लोक सास्कृतिको रुपमा रहेको देउडा भाका, प्रती दर्शक,र नयाँ प्रतिभाको उत्पति बड्दो क्रममा भयपनी स्थानीय राज्यको ध्यानाकर्षण नहुदा ओझेलमा पर्दै गएको देउडा अगुवाइ भगवती देवकोटाले गुनासो गरेकि छन ।

 

तपाईको प्रतिक्रिया