रास्काेटमा नयाँ परियाेजनाकाे शुभारम्भ

प्लान इन्टरनेशनल नेपाल को आर्थिक सहयोग र हुरेन्डेक नेपाल कालीकोट को सहजीकरण मा संचालित महिनावारी स्वास्थ्य , खानेपानी, सरसफाई तथा स्वच्छ्ता परियोजनाकाे रास्कोट नगर पालिकामा सुभारम्भ कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रममा हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाको अध्यक्षता रहेकाे थियो । साथै उक्त कार्यक्रम मा नगर प्रमुख धर्मराज शाहीको प्रमुख आथित्यता र विशेष आथित्यता नगर उप प्रमुख मनिराज बरालको रहेको थियो । नगर पालिकामा रहेका विधालयहरुमा खानेपानी तथा सरसफाई सचेतना कार्यक्रम संचालन गरीनुका साथै बाल बिबाह न्युनिकरण सम्बन्धि क्रियाकलाप संचालन गरिने कार्यक्रम अधिकृत सुर्य राेकायाले जानकारी दिनु भयाे । बिगत लामाे समय देखि बाल बिबाह, छिटाे बिबाह र जवर्जस्ति बिबाह राेकथाम परियाेजनाले संचालन गरेका क्रियाकलापहरुकाे समीक्षा समेत गरिएकाे बताइएकाे छ । स्थानिय सरकारले गर्नु पर्ने काममा सहयाेग पुर्याई रहेकाे र आगामि दिनमा अन्य थप कार्यक्रम रास्काेटमा संचालन गर्नका लागि सधै सहकार्यकाे ढाेका खुल्ला रहेकाे नगर प्रमुख शाहीकाे भनाई रहेकाे छ ।

तपाईको प्रतिक्रिया