सरस्वती मावि भिट्टाको २९ औं बार्षिकोउत्सव तथा सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ । २०५२ साल फागुन ११ गते मावि संचालनको स्थायी सम्बन्धन प्राप्त गरेको दिनको स्मरणमा हरेक बर्ष बार्षिकोउत्सव मनाउदै आएकोमा यो २९ औं बार्षिक उत्सव मनाएको हो ।
विद्यालयको आर्थिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गर्दै निमित्त प्रधानाध्यापक चरित्र संज्याले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने सामाजिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालय व्यवस्था समितिका अध्यक्ष कुशल बहादुर शाहीले हाल सम्म विद्यालयको उन्नति र प्रगतिका लागि योगदान गर्नुहुने अभिभाक,विभिन्न संघसंस्था तथा पचालझरना गाउँपालिकालाई धन्यवाद दिनुभएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले पचालझरनाको शैक्षिक उन्नति गर्न आफुले सक्ने जति सहयोग गर्ने र सरस्वती मावि भिट्टाले अत्यन्तै नमुनायोग्य कार्य गरेको बताउनुभयो थियोे । कार्यक्रमका प्रमुख अतिथि देवरनज शाहीले भिट्टा विद्यालयले गरेका उल्लेखनीय र प्रशंसनीय कार्यहरु पालिकाका अन्य विद्यालयले सिकेर शिक्षामा परिवर्तन ल्याउनुपर्ने बताउनु भएको थियो ।
बार्षिकोउत्सवको अवसरमा पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही र प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीलाई अर्गानिक राडि कम्मल ओडाएर सम्मान गरिएको छ । साथै उक्त कार्यक्रममा विद्यालयका लागि आवश्यक जस्तोसुकै सहयोग गर्न पछाडि नहट्ने अभिभावक भैर बहादुर शाही र देव प्रसाद न्यौपाने र सर्वोउत्कृष्ठ विद्यार्थीका लागि डिप्लोमामा अध्ययन गर्ने छात्र भरत कुमार विक तथा कक्षा ७ मा अध्ययन गर्ने छात्रा श्रृजना ऐडिलाई समेत सम्मान गरिएको छ । विद्यालयले हरेक बर्ष दुईजना शिक्षक कर्मचारीलाई सम्मान गर्ने गरेको छ । यस वर्ष उक्त शिक्षक कर्मचारी सम्मान शिक्षक अमर बहादुर शाही र कम्प्युटर अपरेटर सपना गिरि लाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, राजनिती दलका पार्टी प्रतिनिधि,समाजसेवी,पत्रकार,शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा नव निर्मित भवनकाे पालिका अध्यक्ष शाहीले उद्घाटन गर्नुभएकाे थियाे ।उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षक युवराज शाहीले गर्नुभएको थियोे ।
सरस्वती माबि भिट्टाकाे बार्षिक उत्सव सास्कृतिक कार्यक्रम सहित सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । ११ फाल्गुन २०८०, शुक्रबार १८:०८