रास्कोट नगरपालिका वडा नम्बर ४ काे वडा समिति र सराेकारवालाहरुकाे एक उपस्थितिमा बाल विवाह र छिटो विवाह न्यूनिकरणका लागि वडाको सिफारिस नलिएर विवाह गर्न नहुने निर्णय गरेकाेछ ।
वडाको निर्णयलाई उल्लङ्घन गरेमा कानुनि कार्वाहि समेत गरिने निर्णय भएको वडा अध्यक्ष दिने संज्यालले बताउनु भयाे । प्लान ईन्टरनेश्नल नेपाल काे आर्थिक सहयाेग हुरेन्डेक नेपाल कालिकाेटकाे साझेदारीमा संचालित बाल बिबाह छिटाे बिबाह र जबर्जस्ति बिबाह न्युनिकरण तथा शसक्त बालिका परियाेजनाले समेत बाल बिबाह न्युनिकरणका कार्यक्रमहरु संचालन गरेकाले बाल बिबाह कम हुँदै गईरहेकाे अध्यक्ष संज्यालले बताउनु भयाे । सस्थाकाे पहल सगै हातेमालाे गर्न र बाल बिबाह निशेधित वडा बनाउनका लागि कडा निर्णयका आबश्यकता भएकाे संज्यालले बताउनु भयाे । बाल बिबाह निशेधित वडा घाेषणाका लागि टाेल टाेलमा र्यालि तथा हस्ताक्षर संकलन कार्य भईरहेकाे समेत बताईएकाे छ ।

साझा रैबार । ६ फाल्गुन २०८०, आईतवार १६:११