प्लान ईन्टरनेशनल नेपालकाे साझेदार, नर्वेजियन बाेडकास्टिङकाे सहयाेगमा बाल विबाह न्युनिकरण परियाेजना अर्तगत ठाकुर बाबा नगरपालिका वडा नम्बर ७ शिव सुन्दर माध्यामिक बिधालयमा संचालन भएका गतिबिधिहरुकाे सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
भेरी वाताबरणिय बिशिष्टता समुह बर्दियाकाे आयाेजना रहेकाे कार्यक्रममा संस्थाका उपाध्यक्ष मिरा खनालकाे अध्यक्षता रहेकाे थियाे । ठाकुरबाबा नगरपालिका ७ का अध्यक्ष कमल कुमार बिष्टकाे प्रमुख आतिथ्थता रहेकाे थियाे । बिधालय सस्थाले गरेकाे सहयाेग अबिस्मणिय हुने खालकाे भएकाे छ, पहिला स्कुलमा खानेपानिकाे एउटा धारा मात्र थियाे, प्लान ईन्टरनेशनल नेपालकाे आर्थिक सहयाेग र बि गुर्प बाकेकाे साझेदारमा हात धुने स्थान तयार पारेकाेले सहज भएकाे वडा अध्यक्ष बिष्टले बताउनु भयाे ।
मानव अधिकार बाल अधिकार र बाल संरक्षण प्रजनन स्वास्थ्य सरसफाई तथा स्वच्छता शिक्षा र जिबिकाे पार्जन,शिक्षक शिक्षिकालाई सकारात्मक सिकाई वातावरण सृजना गर्ने ,बिधालयमा सिकाई मैत्रि वातावरण गर्नका लागि शिक्षकहरुलाई तालिम, बिधालयमा बाल संरक्षण निति, तथा आचार संहिता बनाउने र घटना दर्ता एबम सुनाई संयन्त्र निर्माण गर्ने गर्नुका साथै शिव सन्दर माध्यमिक बिधालयमा हात धुने स्थान निमार्ण गरेकाे परियाेजना ब्यबस्थापक बिर्खराज उपाध्यले प्रस्तुतिकरण गर्नु भएकाे थियाे । कार्यक्रमकाे सहजिकरण चिरनजिबि पाैडेलले गर्नु भएकाे थियाे । बर्दिया जिल्लाका बारबर्दिया नगरपालिका,ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउपालिकामा परियाेजना संचालनमा रहेकाे छ ।
शिव सुन्दर माबि बर्दियामा सामाजिक लेखापरिक्षण सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । १७ फाल्गुन २०८०, बिहीबार १२:३१