बाल अधिकार सम्वन्धि समुदायलाई सचेतना कार्यक्रम रास्काेट नगरपालिका वडा न ४ मा सम्पन्न भएकाे छ ।
वडा बालअधिकार समिति द्वारा रास्कोट नगरपालिका वडा नं ४ मा वृहत समुदायमा सचेतना र्याली गरिएको हाे । प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग हुरेन्डेक नेपाल कालिकाेटकाे साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्तरगत बालबिवाह रोकथाम सम्बन्धी सचेतना कार्यक्रम सम्पन भएको हाे । विद्यालय को पहुँच भन्दा बाहिर रहेका बाल वालिका लाई विधालय ल्याउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । कार्यक्रम मा वडा बालअधिकार समिति का पदाधिकारी, नागरिक समाज, किशोरी र समुदायको उपस्थिति मा घर दैलो र्याली गरिएको हुरेन्डेक नेपाल कालिकाेटका फिल्ड सुपरभाइजर अनिता भारतिले बताउनु भयाे ।
रास्काेटमा बाल अधिकार सम्बन्धि सचेतना र्यालि सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । ५ फाल्गुन २०८०, शनिबार १८:५७