बालबिबाह निशेधित वडा घाेषणाका लागि रास्काेट नगरपालिका स्थित वडा नम्बर ४ र ५ मा हस्ताक्षर अभियान थालनि गरिएकाे छ ।
प्लान ईन्टरनेश्नल नेपालकाे आर्थिक सहयाेग हुरेन्डेक नेपाल कालिकाेटकाे साझेदारीमा संचालित बालबिबाह छिटाे हुने बिबाह र जर्वजस्ति हुने बिबाह राेकथाम परियाेजनाले रास्काेट नगरपालिकामा बालबिबाह न्युनिकरणका कार्यक्रमहरु संचालन गर्दै आईरहेकाे छ । जन प्रतिनिधि, प्रहरी, किशाेरकिशाेरी तथा स्थानियकाे सहभागितामा अभियान संचालन गरिएकाे हाे । सबै सुचकहरु पूरा भएमा बालबिबाह निशेधित वडा घाेषणाका लागि कार्यक्रमकाे तय गरिने वडा अध्यक्ष दिनेश संज्यालले बताउनु भयाे । वडामा पहिलेकाे तुलनामा बालबिबाह घटेकाे देखिन्छ हस्ताक्षर संकलन संगै सर्भेक्षणकाे काम पनि भईरहेकाे अध्यक्ष सज्यालले बताउनु भयाे ।
बालबिबाह निशेधित वडा घाेषणाका लागि रास्काेटमा हस्ताक्षर संकलन
तपाईको प्रतिक्रिया

साझा रैबार । ५ फाल्गुन २०८०, शनिबार १८:४६