लैङ्गिक हिंसा अन्त्यकाे सुनिश्चिता महिला र बालबालिकामा लगानिकाे एक्यबद्वता भन्ने मुल नाराका साथ लैङिगक हिंसा बिरुद्दकाे १६ दिने अभियानकाे बबिध कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरीएकाे छ । कार्यक्रमकाे सभाध्यक्षता खाडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अबिराज शाही प्रमुख अतिथि खाडाचक्र नगर पालिका उप प्रमुख विशेष अतिथि प्रमुख जिल्ला अधिकारी गणेश बहादुर शाही गणेश नेपाली रहनु भएकाे थियाे । हरेक बर्ष मंसिर ९ देखि २४ गते सम्म लैङिगक हिंसा बिरुद्दकाे १६ दिने अभियान संचालन गर्दै आएकाे छ । खाडाचक्र नगरपालिका,सामाजिक बिकास कार्यलय कालिकाेटकाे आयाेजना रहेकाे थियाे भने युनिसेफ, प्लान ईन्टर नेश्नल नेपाल, हुरेन्डेक नेपाल कालिकाेट, सादा नेपाल,किर्डाक नेपाल कालिकाेट, फेडाे नेपाल, हुर्डेक नेपाल, साेसेक नेपाल,आईएनएफ नेपाल तथा बाल बिबाह बिरुद्दकाे साझा अभियान सन्जालकाे सहयाेग तथा समन्वय रहेकाे कार्यक्रममा देउडा प्रतियाेगिता समेत संचालन गरिएकाे थियाे । प्रथम स्थान परिवर्तन महिला संजाल खाडाचक्रनगरपालिका ४ ,सृजनशिल महिला संजाल खाडाचक्र नगरपालिका ३ दितृय स्थान ल्याएकाे थियाे । साथै तृतिय स्थान पंचदेवल महिला संजालले प्राप्त गरेकाे थियाे ।
देउडा प्रतियाेगिता आयाेजना गरि लैङिगक हिंसा बिरुद्दकाे १६ दिने अभियान सम्पन्न
तपाईको प्रतिक्रिया
साझा रैबार । २४ मंसिर २०८०, आईतवार १९:१७