जीवन उपयाेगी सीप सम्बन्धी तालिम सुरु

कालिकाेट जिल्लाका तीन स्थानिय तहका  किशाेरीहरुलाई ५ दिने उधमशिलता बिकास तालिम सचालन गरिएकाेछ । नरहरिनाथ गाउपालिका, शान्नि त्रिबेणी गाउपालिका र रास्काेट नगरपालिकाकाका उधमि किशाेरीहरुकाे सहभागिता रहेकाे थियाे ।  तालिममा हुरेन्डेक नेपाल कालिकाेटका काेषाध्यक्ष दिलिप कुमार शाहीले अध्यक्षता गर्नु भएकाे थियाे ।

प्लान ईन्टरनेश्नल नेपालकाे आर्थिक सहयाेग हुरेन्डेक नेपाल कालिकाेटकाे साझेदारीमा सचालित बाल बिबाह, छिटाे बिबाह जबर्जस्ती बिबाह न्युनिकरण परियाेजना अन्तगत तालिम सचालन भएकाे हाे ।  मंगलबार सनलाईट हाेटलकाे हलमा सचालन गरिएकाे तालिममा तालिम मंसिर ३० गते सम्म संचालन हुने बताईएकाे छ । तालिममा बि गुर्प बाके का कार्यक्रम संयाेजक दिनेश चाैधरी, शिवशंकर उपाध्यले  प्रशिक्षण दिनु हुने छ । तालिम पश्चात् सहभागिहरुलाई ब्यबसाय छनाेट गरि सचालनका लागि परियाेजनाले सहयाेग गर्ने बताईएकाे छ ।  यस अघि पनि सस्थाले तीन स्थानिय तहका किशाेरकिशाेरीहरुलाई विभिन्न ब्यबसायका लागि सहयाेग गरिसकेकाे काेषाध्यक्ष शाहीले जानकारि दिनु भयाे ।

तपाईको प्रतिक्रिया