बिधालयमा किशाेरीहरु खुलेर याैन तथा प्रजनन कुरा गर्न थाले पछि

जिल्लाका सामुदायिक बिद्यालयमा अध्यानरत बिद्यार्थी प्रजनन स्वास्थ्यमा चासो दिन थालेका छन । बिद्यालयमा पढाई हुने बिषय शिक्षा पढ्न खासै बिद्यालय नियमित नहुने बिद्यार्थी बालबिवाह, प्रजनन स्वास्थ्यका बिषय जान्न भने बिद्यालयमा नियमित हुन थालेका हुन । पछिल्लो समयमा जिल्लाका केही सामुदायिक बिद्यालयमा अध्यानरत बिद्याथी बिद्यालयमा भर्ना भएकै संख्यामा सहभागी हुन थालेका छन ।
प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालको साझेदारीमा सञ्चालीत बालविवाह, छिटो विवाह, जवरजस्ती विवाह न्युनिकरण परियोजनाले विद्यालयमा प्रजनन स्वास्थ्य र बालबिवाह गर्दाका नकारात्मक असरका वारेमा सचेतीकरण गराईरहेको छ । डाँफे माबि मुम्र्राका शिक्षक नहकुल न्यौपानेले स्वास्थ्यका बिषयमा दैनिक बिद्यालयमा छलफल हुन सुरु भएदेखि बिद्यार्थी नियमित हुन थालेको बताउनुभयो ।
शिक्षक न्यौपानेले यहाँ बिद्यार्थीलाई नियमित गराउने राम्रो सचेतीकरण भईरहेको छ । भन्दा गैरसरकारी नियका हो, तर बिद्यार्थीका लागि चाहिने अति आवस्यक ज्ञानसंगै बिषेश गरेर स्वास्थ्यका कुरामा कक्षा सञ्चालन हुदा बिद्यार्थी नियमित हुन थालेको आफुले महसुस गरेको बताउनुभयो । यो उमेर पनि स्वास्थ्य प्रति वढि चासो हुने उमेर हो, यही बेला बिद्यालय स्तरमा यो कार्यक्रम सञ्चालन हुदा जिल्लाका धेरै सामुदायिक बिद्यालयमा अध्यानरत बिद्यार्थीले लाभ लिने अवसर पाएको कालासिल्ला माध्यमिक ,बिद्यालयका प्रधानाध्यापक आशा केसि धमालाले सुनाउनुभयो ।
प्रअ धमालाले आफु पढ्ने समयमा यस्ता अवसर हुन्थे भने हामी धेरै अगाडी वढ्ने थियौँ । उ बेलाको बिद्यालय पढ्दाको समस्या वारेमा जानकारी दिदै प्रअ धमालाले भन्नुभयो, महिनावारी हुदा पनि संगै पढ्ने केटा साथिले जिस्काएर बिद्यालय आउने वातावरण हुदैन थियो । अहिले स्वास्थ्यमा आईउने परिवर्तनका वारेमा कक्षा कोठामै जान्न पाउनु बिद्यार्थीका लागि सुनौलो अवसर भएको सुनाउनुभयो । बिद्यालय संगै गैरसरकारी संथाहरुले टोलटोलमा विभिन्न जनचेतना दिन थालेपछि विद्यार्थीहरूको आकर्षण बढेको नागरिकको बुझाई छ ।
सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न निःशुल्क भर्नादेखि निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा लगायतका कार्यक्रममा बर्षेनि ठूलो रकम लगानी गर्दै आएको छ । शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्ने र माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गर्न सरकारले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ कार्यान्वयनमा ल्याउदा बृद्धी भईरहेको बिद्यालय भर्ना दर अहिले थप बिकास भएको छ । बालबिवाह र प्रचजनन स्वास्थ्यका कुरा बिद्यालयमा पढाउन सुरु भएको सुचना पछि बिद्यालय छोडेका छात्रा २१ जना र छात्र ९ जना गरि जम्मा ३० जना बिधार्थि नया भर्ना भएका छन ।
परिवर्तनका सम्बाहक कक्षा संञ्चालनले बिद्यालय छोडेकाहरुको पनि आक्रर्षण वढेको अबिभावकको पनि बुझाई छ । अबिभावक धुर्वप्रसाद उपाध्यायले डाफे माविमा बिद्यार्थीको आक्रर्षणमा बृद्धी भएको आफुले पाएको सुनाउनुभयो । विद्यालय शिक्षाको रेखदेख गर्ने जिम्मा स्थानीय तहले पाए पनि शिक्षामा सुधार र विद्यार्थी संख्या बढाउनेतर्फ ध्यानै नदिएका कारणले पछिल्लो समय बिद्यालय छोड्नेको दर वढिरहेको थियो । बालविवाह, छिटो विवाह, जवरजस्ती विवाह न्युनिकरण परियोजनाले सञ्चालन पछि सामुदायिक बिद्यालयमा शिक्षा प्रति चासो वढेको देखिन्छ ।

तपाईको प्रतिक्रिया