ईन्टरनेश्नल नेपाल फेलाेसिप ( नेपाल ) कालिकाेटकाे आयाेजना गैर सरकारी सस्था महासंघ कालिकाेटकाे समन्वयमा समन्वयात्मक तथा फिस्टुला सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
कालिकाेट जिल्ला स्थित गैर सरकारी संस्थाहरु बिच समन्वय तथा अाई एन एफ नेपालकाे बारेमा जानकारी दिने, फिस्टुला सम्बन्धि अभिमुखिकरण तथा जाकारी दिने, आगामि दिनमा कालिकाेट जिल्ला स्थित विभिन्न बिकास साझेदार संस्थाहरु बिच निरन्तर समन्वयका लागि कसरी जाने भन्ने उदेश्यले कार्यक्रम संचालन गरीएकाे आईएनएफ नेपाल कालिकाेटका प्रमुख दल बहादुर बुढाले जानकारी दिनु भयाे । कालिकाेट जिल्लाका तीन वटा स्थानिय तह नरहरिनाथ गाउपालिका खाडाचक्र नगरपालिका र पचालझरना गाउपालिकामा दिगाे जिबिकाे पार्जन, अपाङगता सम्बन्धि,,जलबायु परिवर्तन अनुकुल, बिपद जाेखिम न्युनिकरण र बालबिबाह न्युनिकरण सम्बन्धि काम गरि रहेकाे प्रमुख बुढाले बताउनु भयाे । २००९ सालमा पाेखरामा स्थापना भएकाे आईएनएफ नेपालले दस वटा जिल्लाहरुमा काम गरीरहेकाे छ । कार्यक्रममा गैर सरकारी महासंघ कालिकाेटका अध्यक्ष बिरेन्द्र बहादुर बुढाकाे अध्यक्षतामा संचालन गरीएकाे थियाे । आईएनएफ नेपाल नेपालगन्जका प्रतिनिधि सकुन्तला सुबेदी, कान्ति शर्माकाे उपस्थिति रहेकाे कार्य्रक्रममा कालिकाेट स्थित गैर सरकारी संस्थाका प्रतिनिधि पत्रकार , आईएन एफ नेपाल कालिकाेटमा कार्यरत कर्मचारीहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
फिस्टुला सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । ४ मंसिर २०८०, सोमबार ११:०५