पाल्पामा स्कार्पियो दुर्घटना ६ जनाको मुत्य् एक जना घाईते स्कार्पियोमा कती जना थिए बिवरण आउन बाकी
पाल्पा
पाल्पाको रानिमहल नजिकै स्कर्पियो दुर्घटना हुदा ६ जनाको मुत्यु भएको छ।
तानसेन नगरपालिका अन्तर्गत पर्ने बैकुण्ठ भिरबाट दुर्घटनामा परेको उक्त स्कर्पियो सडकदेखि ७० मिटरभन्दा तल खोल्सामा खसेको थियो ।
बागमती प्रदेश ०१(०२६ च ७२०९ नम्बरको स्कर्पियो तानसेन बाट रानीमहल तर्फ जाँदै गर्दा दुर्घटनामा परेको
जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दीएके छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय का अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएक बताएका छन जसमा तीन जना महिला, दुई बालबालिका र एक पुरुष छन भने एक जना गम्भीर गम्भीर घाईते भएको जानकारी प्रहरी निरीक्षक राजकुमार चापागाईले जानकारी दीएका छन ।
घाइतेको उद्धार गरी उपचारको लागि अस्पताल लगिएको र घटनास्थल अत्यन्त अफ्ठ्यारो स्थानमा रहेको र दुर्घटनामा परेकाहरुको उद्धार गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ। गाडीमा कतिजना यात्रु थिए भन्ने खुलिसकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

साझा रैबार । ५ कार्तिक २०८०, आईतवार १९:२९