कर्णाली तेस्रो जेसीज कप समापन,रजत फाउन्डेसन जुम्ला बिजेता

कालिकोट /-  कर्णाली जेसीज कालिकोटले ( तेस्रो जेसीज कप) मान्ममा   पुरुष खुल्ला भलिवल प्रतियोगिता सास्कृतिक कार्यक्रम एवंम बक्तित्वकला  मंगलवार उद्घाटन भएको चौथो  दिन (शुक्रबार ) समापन  भएको छ ।

तेस्रो जेसिज कप वर्ष २०२३ को प्रथममा रज फाउन्डेसन हिमा गाउँपालिका जुम्ला  खुल्ला पुरुष भलिबल प्रतियोगिताको बिजेता बनेको छ ।

कर्णाली जेसिज बर्ष २०२३ ले मंसिर ५ गते सुरु गरेको उक्त  प्रतियोगिताको शुक्रबार सम्पन्न भएको छ ।तेर्सो जेसिज कपको फाईनल खेलमा नरहरिनाथ गाउँपालिका कालिकोट र रज फाउन्डेसन हिमा गाउँपालिका जुम्ला बिच प्रतिस्पर्धा भएको थियो जसमा रज फाउन्डेसन हिमा जुम्लाले नरहरिनाथ गाउँपालिकालाई बेस्टप ५ को खेलमा २-२ सेट बरावर गरि तेस्रो सेटमा पराजित रज फाउन्डेसन हिमा जुम्ला बिजेता बनेको हो ।

उक्त कार्यक्रमको  उद्घाटन राष्ट्रिय भलिबल संघका पुर्व केन्द्रिय उपाध्यक्ष ऐन बहादुर शाही जेसिज वर्ष २०२३ का अध्यक्ष जेसि हरि प्रसाद पाण्डे कार्यक्रम संयोजक वर्ष २०२१ का अध्यक्ष जेसि लक्ष्मण कुमार शाहिले भलिबल उद्घाटन गरेर पहिलो खेल  खाँडाचक्र नगरपालिका – ६ र सि क्लब   खाँडाचक्र नगरपालिका – ४ बिच भएको थियोे ।

१४  वटा टिम बिच प्रतिस्पर्धा भएको खेल शुक्रबार  फाइनल खेल नरहरिनाथ गाउँपालिका कालिकोट र रज फाउन्डेसन हिमा गाउँपालिका जुम्ला बिच प्रतिस्पर्धा भएको थियो ।

येस्तै समाज रुपान्तरणमा युवाहरुको भुमिका भन्ने विषयमा बक्तित्वकला प्रतियोगितामा शुभकालिका गाउँपालिका ( ६ का सुरेश शाहि प्रथम भएका छन । पाँच जनाको सहभागी रहेको बक्तित्वकलामा  शाही प्रथम भएका हुन ।

कर्णाली जेसीज कालिकोटको आयोजनामा सुरु भएको उद्घाटन  मंगलवार खाँडाचक्र नगरपालिका वडा न।१ को मान्ममा उद्घाटन गरिएको थियो  । उक्त कार्यक्रम  जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी हरीप्रसाद पाण्डेको सभा अध्यक्षता, खाँडाचक्र नगरपालिका प्रमुख कमल बहादुर शाहीको प्रमुख आतिथ्यता, जेसीज वर्ष २०२३ का राष्ट्रिय अध्यक्ष विकास मानन्धर, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह र नेपाली कांग्रेस कर्णाली प्रदेश कमितिका प्रवक्ता दमनबहादुर शाहीको विषेश आतिथ्यतामा र अन्य   राजनितिक दलका प्रमुख तथा प्रतिनिधि खेलकुद् प्रशिक्षक, नागरिक समाज र पत्रकार लगायतको सहभागिता रहेको थियो ।उक्त  संचालन जेसीज वर्ष २०२० का अध्यक्ष सविनकुमार विष्टले गरेका थिए।

तपाईको प्रतिक्रिया