रास्कोट नगरपालिकाले ३ दर्जन करार कर्मचारी कीन हटायाे

रास्कोट नगरपालिकाले ३ दर्जन करार कर्मचारी कीन हटायाे

 

कार्तिक,कालिकोट ।
दशैंको मुखमा रास्कोट नगरपालिकाले करार सेवामा कार्यरत करिव ३ दर्जन कर्मचारीहरु हटाइएको छ । कर्मचारीहरुले भने दशैंको मुखमा आफुहरुलाई नगर सरकारले जानकारी विना हटाउको गुनासो गरेका छन । नगरपालिकाका नगरप्रमख धर्मराज शाहीले भने लामो समय देखि विभिन्न सेवामा रहेका कर्मचारीहरुलाई हटाउने ईच्छा नहुदा नहुदै पनि आर्थिक संकटले उहाँहरुलाई हटाउन बाध्य भएको बताउनु भएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७९÷८० मा १ करोड र हाल चालु वर्ष २०८०÷८१ मा २ करोड भन्दा कम बजेट मात्र नगरमा आएकोले पुरानो कर्मचारीहरुको म्याद थप गरी बाँकी कर्मचारीहरुलाई हटाएको जनाएको छ । हटाईएका कर्मचारीहरुले राजनैतिक आस्था र विभेदका कारण हटाईएको आरोप लगाएका छन ।
अन्य नगरपालिका र गाउँपालिकाहरुले गत बर्ष असार मसान्तमै हटाएको थियो तर रास्कोट नगरपालिकाले हाल सम्म तलब भत्ता खुवाउदै आएको आफैमा गौर्भको काम रहेको शाहीले बताएका छन ।

तपाईको प्रतिक्रिया