बिजया दशमी तथा शुभ दिपावली २०८० काे पावन अबसरमा नेपाल कम्युनिष्ट पाटी माओबादी (केन्द्र ) ले शुभकामना आदान प्रदान कार्यक्रमकाे आयाेजना गरेकाेछ । पाटी अध्यक्ष लक्ष्मि चाैलागाईकाे सभाध्यक्षतामा संचालन भएकाे हाे । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा कालिकाेट जिल्ला ईन्चार्ज टेक बहादुर बस्नेत प्रमुख अतिथी रहनु भएकाे थियाे ।
कर्णाली प्रदेशका प्रथम मुख्य मन्त्री तथा संघिय संासद महेन्द्र बहादुर शाहीकाे बिशेष आतिथ्थतामा संचालन भएकाे शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला समन्वय समितीका सभापति धनजित बहादुर शाही उपसभापित मिना रावत बिक नेकपा एमालेका अध्यक्ष जसि प्रसाद पाण्डे प्रमुख जिल्ला अधिकारी जाेरासिह माझी विभिन्न राजनितिक दलका प्रतिनिधि सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुकाे उपस्थितीमा कार्यक्रम संचालन गरिएकाे थियाे । दशै तथा तिहारलाई भड्किलाे नबनाई शान्त तथा हर्षउल्लासका साथमा मनाउन हुन प्रमुख जिल्ला अधिकारी माझिले आग्रह गर्नु भयाे । दशै तिहारलाई भेघाट तथा तिथामिठा कुराहरुकाे समीक्षा गर्ने र रचनात्मक क्रियाकलापकाे याेजना बनाउने पर्वका रुपमा लिनु पर्ने जिल्ला समन्वय समितिका सभापति शाहीकाे भनाई रहेकाे थियाे ।दशै तिहारलाई माओेबादी पाटिले उच्च सम्मान गर्दै हिन्दुधर्मलम्बिहरुकाे महान चाडपर्वलाई शान्न र मर्यादित बनाएर मनाउन संघिय संासद शाहीकाे भनाई ररहेकाे थियाे
नेकपा माओेबादी केन्द्र जिल्ला समन्वय समिती कालीकाेट,वाईसियल नेपाल कालिकाेट र अखिल क्रान्तिकारी कालिकाेटकाेे सयुक्त आयाेजनामा कार्यक्रम संचालन भएकाे थियाे ।
दशै तिहारलाई माओबादी पाटिले उच्च सम्मान गर्छ संघिय सासद शाही
तपाईको प्रतिक्रिया

साझा रैबार । २८ आश्विन २०८०, आईतवार ०९:५९