पुर्व मुख्य मन्त्रि शाहीद्वारा चाैथाे राष्टपति रनिङ सिल्ड प्रतियाेगिता उद्घाटन

कार्तिक२१ गते बाट तिलागुफामा संचालन हुने राष्टपति रनिङ सिल्ड प्रतियाेगितालाई लक्षित गर्दै पचालझरनागाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता गाउपालिका स्थित पञ्चकालिका माबि बाचकाेटमा पालिका स्तरीय चाैथाे राष्टपति रनि‌ङ सिल्ड प्रतियाेगिता उद्घाटन गरिएकाे छ ।
रास्ट पति रनिङ सिल्ड सचालक समिति संयाेजक तथा पचालझरना गाउपालिका अध्यक्ष देवराज शाहीकाे सभाध्यक्षता
प्रमुख अतिथि कर्णाली प्रदेशका प्रथम मुख्य मन्त्रि तथा संघिय संासद महेन्द्र बहादुर शाही रहनुभएकाे थियाे । विशेष अतिथी प्रदेश खेलकुद बिकास समिति सदस्य सचिव बिश्वामित्र संज्याल पचालझरना गाउपालिका उपाध्यक्ष अल्किना बम, तथा सबै वडाका अध्यक्ष हरु अतिथि रहनु भएकाे थियाे । कार्यक्रममा पचालझरना गाउपालिकामा संचालन रहेका दस वटा माध्यमिक बिधालयहरु सहभागी रहेकाे गाउपालिका खेलकुद बिकास समितिका अध्यक्ष भुपेन्द्र शाहीले जानकारी दिनु भयाे । कार्यक्रम असाेज २९ गते सम्म संचालन हुने आयाेजकले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया