नेकपा सुर्खेतले मनायो सी स्मृति दिवस

नेकपा सुर्खेतले मनायो सी स्मृति दिवस

२६ असाेज, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले जनयुद्धदेखि एकीकृत जनक्रान्तिका महान सहिदहरु र आफन्तहरूकाे स्मरणमा सी संस्कृति दिवस मनाएको छ ।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा जनयुद्धदेखि एकीकृत जनक्रान्तिका महान सहिदहरु र आफन्तहरूकाे फाेटाेमा माल्यार्पण सँगै तिनीहरूको सम्झनामा फलफूल वितरण गरेर मनाएको हाे ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज धुर्व सीले पुँजीवादी संस्कृतिको अन्त्य गरि सी संस्कृतिलाई जनस्तरसम्म विस्तार गरेर लाैजानुपर्ने बताउनुभयो ।

उहाँले परम्परागत पुँजीवादी संस्कृतिको विकल्पमा नयाँ संस्कृति र सभ्यताको अवधारणामा पार्टीले सी संस्कृतिको विकास गरेको बताउनुभयो ।

नेता धुर्व सी महंगो र तड्कभड्क वाला पुँजीवादी संस्कारकाे अनत्य गर्दै न्युनतम खर्चमा पनि राम्रोसँग विवाह, जन्म, मृत्यु जस्ता कार्य सम्पन्न गर्ने सकिन्छ भन्ने सन्देश दिन सी संस्कृति लाई ९ औं महाधिवेशनबाट अगाडि सारेको भन्दै यसै अनुरूप असाेज २५ लाई सी स्मृति दिवसका रूपमा मनाएको बताउनुभयो ।

जिल्ला सेक्रेटरी जित सीकाे अध्यक्षता रहेको कार्यक्रमकाे संचालन जगदीश सीले गर्नुभएको थियो । कार्यक्रममा पार्टी केन्द्रीय प्रतिनिधि सदस्य टेक्निकल सी, अनेक संघ (क्रान्तिकारी) केन्द्रीय सदस्य योजना सी, भोज सी, युवा संगटन नेपालका मध्य कर्णाली ब्युरो इन्चार्ज मिनेश सि लगायतकाे आतिथ्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया