रास्काेट नगरपालिकामा अन्तराष्टिय बालिका दिवसकाे अबसरमा चन्द्रा सिम्खाडा नगर प्रमुख बनेकि छन । प्लान ईन्टर नेश्नल नेपालकाे आर्थिक सहयाेग मानव अधिकार तथा वातावरण केन्द्र ( हुरेन्डेक ) नेपालकाे अायाेजनामा रास्काेट नगरपालिकामा बालिका दिवस २०८० मनाईएकाे हाे।
कार्यक्रममा नगर प्रमुख धर्मराज शाही , प्रमुख प्रशासकिय अधिकृत जवानसिह बम रास्काेट नगरपालिका स्थित सम्पुर्ण वडाका वडा अध्यक्ष, बिषयगत शाखाका प्रतिनिधि र किशाेरकिशाेरीहरुकाे सहभागिता रहेकाे थियाे । सिम्खाडा प्रमुख बने लगतै उनले रास्काेट नगरपालिका लाई बाल विबाह निशेधित नगर बनाउने प्रतिबद्वता जाहेर गरेकि हुन। बाल बालिकाकाे लागि छुट्याईएकाे बजेट सहि रुपमा सदुपयाेग नभएकाले आफ्नाे कार्यकालमा बालबालिकामा लगानि गर्ने बताएकिछन । बालबालिकाहरुका लागि नगर सरकारबाट क्षमता अभिबृद्विका लागि बजेट छुट्याईएकाे र बाल बालिकाकाे सुरुवाति थलाे बिधालय भएकाले थप बिधालयमा पनि लगानि गरेकाे नगर प्रमुख धर्मराज शाहीले बताउनु भयाे
रास्काेट नगर प्रमुख बनिन चन्द्रा
तपाईको प्रतिक्रिया

साझा रैबार । २४ आश्विन २०८०, बुधबार ११:२१