पचालझरनाकाे प्रशासकिय भवन पुर्व मुख्यमन्त्रि शाहीद्वारा उद्घाटन

पचालझरना गाउपालिकाकाे प्रशासकिय भवनकाे उद्घाटन गरिएकाे छ । कर्णाली प्रदेश सरकारका पुर्व मुख्य मन्त्रि तथा सघिय सासद महेन्द्र बहादुर शाहीले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएकाे हाे । पचालझरना गाउपालिकाकाे केन्द्र बिन्दु पणेक्षामा आर्थिक बर्ष २०७९/०८० मा सम्पन्न भए सगै अब सम्पुर्ण प्रशासकिय कामकाे नया भवनबाट काम सुरुवात गरिने बताईएकाे छ । पचालझरना गाउपालिकाका अध्यक्ष देवराज शाहीकाे अध्यक्षतामा सचालन भएकाे कार्यक्रममा  पुर्व गाउपालिका अध्यक्ष खड्गराज सेजुवाल उपाध्यक्ष तारा न्याैपाने लगाएतकाे सहभागिता रहेकाे थियाे । २०७८ साल भदाै२९ गते मुख्य मन्त्रि शाहीले भवनकाे सिलान्यास गर्नु भएकाे थियाे । कार्यक्रममा भवन निर्माणकाे जिम्मा लिएकाे निर्माण ब्यबसायि र ईन्जिनियर बिप्लप भट्टलाई राम्राे तथा गुणस्तरिय काम गरेकाेमा प्रशंसा पत्र तथा खादा ओडाएर सम्मान गरिएकाे थियाे । कार्यक्रमकाे संचालन पचालझरना गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर बिश्वकर्माले गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया