कालिकोट । बाल विवाह न्युनिकरणका लागि पत्रकारहरु सँग बृहत् कार्यशाला गाेष्ठि गरिएकाे छ । समाजमा हुने बाल विवाह, छिटाे विवाह र जवरजस्ति विवाह न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा कार्यशाला गरिएको हाे । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण बिकास केन्द्र (हुरेन्डेक) नेपालकाे सहजिकरमा जिल्लामा कार्यरत संचारकर्मी तथा मिडियाकर्मीसंग कार्यशाला गाेष्ठि गरिएकाे हाे ।
बालविवाह छिटाे बिवाह,जवर्जस्ति बिबाह न्युनिकरण सगै बाल अधिकार, बाल संरक्षण, वकाल, पैरवी र रिपोटिङ सम्वन्धि पत्रकारहरुले विशेष ध्यान दिए बालविवाह न्युनिकरण सहित अन्य हिंसाहरुमा कमि हुने हुरेन्डेक नेपाल कालिकाेटका महासचिव दिलिपकुमार शाहीले बताए ।
विगत लामो समयदेखि प्लान ईन्टरनेशनल नेपालकाे सहयोग तथा हुरेन्डेककाे सहजिकरणमा कालिकाेटमा बालविवाह ,छिटाे बिवाह तथा जवरजस्ति बिवाह न्युनिकरणकाे क्षेत्रमा काम गर्दै आएकाे छ ।
नेपाल पत्रकार महासंघ कालिकाेटका अध्यक्ष भरतराज बिष्टले विभिन्न कुरिति,कुसंस्कारका क्षेत्रमा लामाे समयदेखि काम गर्दै आएकाेमा सम्पूर्ण पत्रकारहरुलाई धन्यवाद दिए । उनले भने हामीले काम गर्दै जाँदा महत्त्वपूर्ण भुमिका संचार माध्यमकाे रहने भएकाले पत्रकाहरुले बालविवाह न्युनिकरणका लागि रिपोर्टिङ तथा सक्दाे सहयोग गर्न अनुराेध गरेका छन् ।
अनुगमन तथा मुल्यांकन अधिकृत कटक बमले समाज परिवर्तनको लागि मिडिया क्षेत्रकाे महत्त्वपूर्ण भुमिका रहने बताए । उनले भने बिगतका दिन भन्दा अहिले बालविवाहमा कमि आएकाे र अझै हरेक पत्रकारहरुले सक्रियताका साथ लागि परे समाजमा रहेका विभिन्न कुरिति कुसंस्कार सहित अन्य हिंसामा कमि हुने बताए ।
कार्याशाला गाेष्ठिमा उपस्थित पत्रकारहरुले बालविवाहकाे बिषयमा थुप्रै कदम चालेपनी साेचेजतिकाे नतिजा उपलब्ध गर्न नसकेकाे बताएका छन । पत्रकारहरुले बालविवाह अन्त्यकाे नारा लियर मिडियाकाे क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताएका छन् । बालविवाह, बाल हिंसा,महिला हिंसा लगायत समाजमा हुने विभिन्न हिंसाहरुकै बढि रिपोर्टिङ गर्दै आएकाे र अझै रिपोर्टिङ गरिरहने प्रतिबद्धता गरेका छन् ।
कार्यक्रममा मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकाेटका लेखा संयाेजक प्रेम बहादुर शाही लगायत जिल्ला स्थित सम्पुर्ण मिडियामा कार्यरत पत्रकारहरुकाे उपस्थित रहेकाे थियाे । हुरेन्डेक नेपाल कालिकाेटका महासचिव दिलिप कुमार शाहीकाे अध्यक्षता, नेपाल पत्रकार महासंघ कालिकाेटका अध्यक्ष भरतराज बिष्टकाे प्रमुख आथित्यता तथा पत्रकार काली बहादुर मल्लकाे विशेष आथित्यतामा कार्यशाला गाेष्ठि गरिएकाे थियाे ।

साझा रैबार । ८ भाद्र २०८०, शुक्रबार १६:००