२० श्रावण २०८०
कालिकोट
अनिता भारती
नेपाली कांग्रेस पाटि केन्द्रको निर्णय अनुसार देशभरि नेपाली कांग्रेसको पाटि संगठन बिस्तार र सुदृढीकरण अभियान श्रावण २० देखि सुरु गरेको छ । सबै वडा,टोल,पालिका,जिल्ला र प्रदेश संगठन को अबस्था अध्यन र बिष्लेशण गर्न हरेक जिल्लाहरुमा केन्द्रीय र प्रदेशका नेताहरूलाई जिम्मेवारी दिइएको छ ।
नेपाली कांग्रेस कालिकोट जिल्लाको सांगठनिक अबस्था बिष्लेशण तथा सांगठनिक भेटघाटको लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरी शुक्रबार कालिकोट पुगेका छन् । नेपाली कांग्रेस पाटि केन्द्रले संगठनको हितको लागि बिधि बिधान त दिएको जिम्मेवारी पूरा गर्न कालिकोट पुगेका नेतालाई नेपाली कांग्रेस कालिकोटका पाटि सभापति अम्ब बहादुर शाही लगाएका नेता कार्यकर्ताले शनिबार पाटि कार्यालयमा स्वागत गरेका छन् । अभियानका क्रममा कालिकोट पुगेका नेता गिरीले नेपाली कांग्रेसले पहिलो चरणमा थालेको १० दिने बिशेष अभियान अन्तर गत कालिकोटका ८२ वटै वडा,टोल,३ नगरपालिका,६ गाउँ पालिका,२ वटा पर्देश र जिल्ला कार्यसमितिको अबस्था र स्थिति,संगठन प्रतिको मनमुटाव,सदस्यता नवीकरण,भातृ तथा सुभेच्छुक संगठन को गति सिल्ताका बिषयमा अनुगमन तथा बिश्लेशण गर्नुपर्ने गिरी ले बताए । यो महान अभियानमा नेपाली कांग्रेसका सबै नेता कार्यकर्ताहरु सामेल हुनुपर्ने बताए । यस्तै पाटि सभापति अम्ब बहादुर शाहीले मन वचन र कर्मका साथ पाटि संगठन सुदृढीकरणका थालेको अभियान सफल पार्न श्रवण २५ गते जिल्ला कार्यसमितिको बैठक बोलाएको बताए । उक्त बैठकमा बिभिन्न बिषयमा छलफल गर्दै केहि कार्य जिम्मेवारी का साथ सबै ठाउँमा परिचालन हुने सभापति शाहीले बताएका छन ।
यस्तै नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति सुर्खेत ले शनिबार नै कर्णाली का १० वटै जिल्लामा प्रतिनिधि खटाएको छ । उक्त अभियान लाई प्रभाबकारी र सफल बनाउन लागि पर्ने जिम्मेवारी प्राप्त प्रतिनिधि ले जिल्लामा गएर पार्टीका नेता कार्यकर्ता संग समन्वय गर्दै केन्द्रिय प्रतिनिधि सित सम्पर्कमा रहदै अभियान को उद्देश्य लाई पूरा गर्न लागि पर्न प्रदेश सभापति ललितजंग शाहिले निर्देशन गर्नु भएको पाटि प्रवक्ता दमन बहादुर शाहि ले बताए । पार्टी को बिधान लाई पुर्ण कार्यान्वयन गर्न मातहतका कार्यसमिति क्रियाशिल बनाउने भातृ तथा शुभेच्छुक संस्थालाई चलायमान गर्ने कांग्रेस पार्टी बाट निर्बाचित सबै प्रतिनिधि लाई नागरिकको पक्षमा काम गर्न अभिप्रेरित गर्ने,पार्टीको आन्तरिक संगठन चुस्त दुरुस्त गर्न सबै तहका नेता कार्यकर्ता जोडिने यो अभियानको मुख्य ध्याय रहेको बताएका छन्।
नेपाली कांग्रेसको पाटि संगठन बिस्तार र सुदृढीकरण अभियान देशभरी सुरु
तपाईको प्रतिक्रिया

साझा रैबार । २१ श्रावण २०८०, आईतवार ०८:०१