कालिकाेट जिल्ला शान्नित्रिबेणि गाउपालिका स्थित डाफे माध्यमिक बिधालयमा सिओसि किशाेरीहरुले वृक्षाराेपण कार्यक्रम सम्पन्न गरेकी छन ।
प्लान ईन्टरनेशनल नेपालकाे आर्थिक सहयाेग मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकाेटकाे साझेदारीमा संचालित बाल छिटाे, बिबाह र जवर्जस्ती बिबाह न्युनिकरण परियाेजना अन्तगत शान्नि त्रिबेणि गाउपालिकाकाे डाफे मााध्यमिक बिधालयमा बिगत तीन बर्ष देखि सिओेसि कक्षा संचालन हुँदै आईरहेकाे छ । बिगतका दिनहरुमा समाजमा बाल बिबाह न्युनिकरण, छाउपडि प्रथा, धार्मिक अन्धबिस्वासकाे अन्त्यका लागि अभियान चलाईरहेका किशाेरीहरुले बर्षायाम सगै बिधालयकाे खालि भागमा विभिन्न फलफुलका बिरुवाहरु पुलम, ओेखर, आरु र बैसका बिरुवाहरु राेपेका हुन । बढ्दाे जलबायु परिबर्तलाई अनुकुलन बनाउनका लागि बिधालयकाे वरिपरि पहिराे जानबाट राेक्न शिक्षक बिधार्थिहरुले सितल ताप्नका लागि बृक्षाराेपण कार्यक्रमकाे आयाेजना गरिएकाे सिओसि किशाेरि सपना सुनारले बताई । सामाजिक चेतना फैलाउने अभियान सगै हरेक हप्ता सामुदायिक तथा निजि वन खालि जमिनहरुमा बृक्षाराेपण कार्यक्रम संचालन गर्ने किशाेरि सपना केसिकाे बताईन । परियाेजना लागू भए यता धेरै बाल बिबाह राेक्न सफल भएकाे र निरन्तर बाल बिबाह न्युनिकरण तथा जलबायु परिवर्तन न्युनिकरणका लागि किशाेरिहरु लागि पर्ने अर्कि किशाेरी ऐलिजा केसिले बताईन ।
सिओसिका किशाेरीहरुकाे अगुवाईमा वृक्षाराेपण कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । ११ श्रावण २०८०, बिहीबार १७:१३