
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालका अध्यक्ष जजराज शाहीको अध्यक्षतामा बार्षिक प्रगति समिक्षा गोष्ठीको उद्घाटन गरिएको थियाे । विभिन्न दातृ निकायसंगको समन्वय तथा आर्थिक सहयोगमा हुरेन्डेक नेपाल कालिकोटबाट संचालित विभिन्न कार्यक्रमहरुको प्रगति प्रतिवेदन तथा समिक्षा गरिएकाे थियाे ।
विभिन्न कार्यक्रमका संयोजक,लेखा संयोजक तथा अन्य कर्मचारी र उपस्थित सवैलाई हुरेन्डेक नेपाल कालिकाेटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले स्वागत मन्तब्य राख्दै हुरेन्डेक नेपाल कालिकोटले विभिन्न क्षेत्रमा काम गदै आएको र आगामी दिनमा अझै अगाडी बढाउनुमा सवैको भुमिका र कर्तव्य रहेकाले सवैले जिम्मेवारी नभुलेर लाग्न आग्रह गर्नु भयाे।
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक ) नेपाल कालिकोटले कालिकोट जिल्लाका स्थानीय तहमा विगत लामो समय देखि काम गदै आएको छ । कर्णाली प्रदेशका केहि जिल्लामा विकासी योजनाका काम गरिरहेको छ ।
मर्सिकोर अन्र्तगत भकारी कार्यक्रमले कालिकोटका महावै गाउँपालिका,तिलागुफा नगरपालिका,खाँडाचक्र नगरपालिका,शुभकालिका गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा विपतको क्षेत्र,कृषि क्षेत्र,आपत कालिन राहत तथा उद्धार,सिचाई तथा खानेपानीको क्षेत्रमा काम गदै आएको मर्सिकोर थियाे, साथै क्याफ्स कर्णाली परियाेजनाले जिल्लाका पलाता र पचालझरना गाउपालिकामा जलबायु परिवर्तन अनुकुलन खाध्य सुरक्षा र जिविकाे पार्जन सम्बन्धि काम गरिरहेका दुई बटा परियाेजनाकाे अबधि सकिएकाे उपाध्यक्ष बुढाले बताउनु भयाे ।
रेडपान्डा नेटवर्क अन्र्तगत पश्चीम नेपालमा समुदायमा आधारीत रेडपान्डा संरक्षण कार्यक्रमले कालिकोटका महावै गाउँपालिका,तिलागुफा नगरपालिका,शुभकालिका गाउँपालिकामा रेडपान्डा संरक्षण तथा वातावरण संरक्षणका क्षेत्रमा काम गदै आएको कार्यक्रम संयोजक गाेपाल सिह कार्किले बताउनु भयाे ।
हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपाल अन्र्तगत एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रमले कालिकोट जिल्लाका खाँडाचक्र नगरपालिका,रास्कोट नगरपालिका,नरहरीनाथ गाउँपालिका,शुभकालिका गाउँपालिकामा खानेपानी तथा सरफाईका क्षेत्रमा काम गदै आएको कार्यक्रम संयोजक नरेश दर्जिले बताउनु
भयाे । प्लान इन्टरनेशनल नेपाल अन्र्तगत छिटो विवाह ,वाल विवाह,जवरजस्ती विवाह न्युनिकरण परियोजना र नेतृत्व र निर्णय कार्यक्रमले कालिकोटका रास्कोट नगरपालिका,सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा बाल विवाह,छिटो विवाह तथा जवरजस्ती विवाह न्युनिकरण,बालवालिका , किशोरकिशोरी,महिलाको क्षेत्र र विद्यालय बाहिर रहेका वालवालिकाहरुलाई विद्यालय जान प्रेरित गर्ने जस्ता काम गरिरहेको कार्यक्रम संयाेजक शिवशंकर उपाध्ययले बताउनु भयाे ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरेन्डेक) नेपालका अध्यक्ष जजराज शाहीका अनुसार कर्णाली प्रदेश भौतिक विकास मन्त्रालय अन्र्तगत कर्णाली प्रदेश का १० वटै जिल्लामा झोलुङगे पुलका क्षेत्रमा काम गदै आएको बताउदै विभिन्न जिल्लाहरुमा राहत तथा उद्धारका काम गरेको शाहीले बताउनुभयो । विभिन्न कार्यक्रममा रहेका कर्मचारीहरुले महत्वपुर्ण भुमिका खेलेको बताउदै कार्यक्रम सफल पार्न सवैले अझै सकरात्मक र सामाजिक सेवाको रुपमा लाग्न कर्मचारीहरुलाई अनुरोध गर्नु भयाे ।
हुरेन्डेक नेपाल कालिकोटले हाल सम्म गरेका विभिन्न कामहरुको समिक्षा गदै आगामी दिनमा गरिने कामहरुको बारेमा विशेष छलफल समेत गरिएकाे थियाे । कार्यक्रममा विभिन्न परियोजनाका कर्मचारीहरु अन्य बोर्ड सदस्य तथा पत्रकारहरुको समेत उपस्थित रहेको थियो ।

साझा रैबार । २४ श्रावण २०८०, बुधबार २०:४८