८,श्रावण २०८० कालीकोट
हाल खाडाचक्र नगरपालीकामा बस्दै आएका समाजसेवि नविन शाहीले आफ्नो जन्मदिनको अबसरमा १३ जना अनाथ बालवालिका लाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग, स्वास्थ्य सेवा कार्यालयमा भर्ना भएका २७ जना विरामिलाई फलफुल वितरण गरेका छन ।
न्यानो काख सेवा समाजको संरक्षणमा रहेका १३ जना अनाथ वालवालिका लाई आफ्नो जन्मदिनको अबसरमा शाहीले खाद्यान्न र शैक्षिक सामाग्री सहयोग गरेका छन । बालवालिका सबैका साझा हुन,हाम्रो बालापनमा आफुले रमायको स्मरण गर्दै शाहीले भने विगतमा आफुले जन्मदिन मनाउदै गर्दा धेरै रमाईलो गरेर जन्मदिन मनायका थियाै।
यसपालि भने जन्मदिन मनाउनका लागी जम्मा गरेको केहि रकम बाट आफुले बालवालिका लाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग गरेको बताए । आमा बुवा गुमायका वालवालिका विद्यालय पढ्नपनि जान्छन । उनिहरुलाई थोरै भएपनि शैक्षिक सामाग्री पनि सहयोग गरेका छन । उनि नेपाली कांगे्रसको भातृ संगठन नेपाल तरुण दलमा आबद्ध रहेका शाही समाज सेवि भावना भएका हुन ।
उनले भने जन्मदिनमा फजुल खर्च गर्नुभन्दा खर्च घटायर स्वास्थ्य सेवा कार्यालयमा रहेका २७ जना विरामिलाई सोमबार फलफु वितरण गरेका छन । जिल्ला अस्पतालमा सुत्केरी तथा गर्भवति महिला ७ जना,महिला तथा वालवालिका ११ जना र अन्य ९ जना विरामिलाई फलफुल वितरण शाहीले गरेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सिनियर अनमि निरीक्षक दुर्गा शाहीले बताईन ।
उनले भनिन् विरामिहरुको लागी पौष्टिक आहार आबस्यक हुने भएकाले यसरि यूवाहरुले विरामिलाई फलफुल दिदा विरामि खुसि हुने गरेको सिनिय अनमि निरीक्षक शाहीले बताईन । अबको आबस्यकता समाज सेवामा यूवाहरुको बढि भुमिका हुने भएकाले सहयोगी भावनाका साथ स्वास्थ्य कार्यालयमा आएर समन्वय गर्ने,भेटघाट गर्ने,छलफल गर्ने बाताबरणको विकास होस भन्दै नविन शाहीलाई जन्मदिनको शुभकामना दिईन ।
जन्मदिनको अबसरमा १३ जना अनाथ बालवालिका लाई खाद्यान्न सहयोग,स्वास्थ्य सेवा कार्यालयमा भर्ना भएका २७ जना विरामि लाई फलफुल वितरण ।
तपाईको प्रतिक्रिया

साझा रैबार । ८ श्रावण २०८०, सोमबार १७:५५