मध्यपश्चिमाञ्चल विश्वविद्यालय ग्य्राजुएट स्कुल अफ ल को प्राविधिक सहयोग तथा सरस्वती माध्यमिक बिधालय पचालझरना ८ भिट्टाको सहजीकरणमा बालविवाह,जातिय विभेद,छुवाछूत तथा छाउपडि लगाएतका कुप्रथाहरुको कानुनी उपचार सम्बन्धि “ग्रामीण क्षेत्रमा कानुनी शिक्षाको अनुसन्धान तथा जनचेतनामूलक कार्यक्रम” को सुरुवात गरिएकाेछ ।
कानुनी राज्य स्थापित गर्न सामुदायिक विद्यालयले कानुनी उपचारका कुरा ग्रामीण क्षेत्रमा फैलाउने उदेश्य र बिधालयमा अध्ययानरत बिधार्थिहरुले बाल बिबाहका असरहरुकाे बारेमा जानकारी लिई समुदायलाई सचेत बनाउने उदेश्यले कार्यक्रम सचालन गरिएकाे शिक्षक युवराज शाहीले जानकारी दिनु भयाे ।मध्यपश्चिम बिश्वबपधालयका कानुन संकाय साताै सेमेस्टारमा अध्ययानरत बिधार्थिहरुले प्रशिक्षण दिईरहेका छन सरस्वति माबिमा अध्ययानरत सम्पुर्ण बिधार्थिहरुलाई सचेत बनाउने याेजना रहेकाले उक्त कार्यक्रम साउन ८ गते सम्म संचालन हुने बिधालय श्राेतले जानकारी दिएकाेछ ।

साझा रैबार । ५ श्रावण २०८०, शुक्रबार १३:३९